पेले
नेपाली विकिपीडियाबाट
एदिसन आरान्तेस दो नास्थिमेन्तो (पोर्चुगिजमा Edison Arantes do Nascimento) ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४० मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ। उनि राष्ट्रिय सकर ख्याति-बैठक (Hall of Fame) का सदस्य हुन्।
आफ्नो देश ब्राजिलमा, खेलमा उनको उपलब्धि र योगदानका कारण, पेलेलाई राष्ट्रिय नायकका रुपमा लिईन्छ। फिफाले आधिकारिक रुपमै विश्वभरका लागी उनलाई फुटबल राजदुत नियुक्त गरेको छ। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ।
गरिबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन्। जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरिब बालबालिकाका निम्ति समर्पित गरे।
विषयसूची |
[परिवर्तन्] बाल्यकाल
[परिवर्तन्] क्लबको समय
[परिवर्तन्] राष्ट्रिय टिम
[परिवर्तन्] सम्मान
[परिवर्तन्] खेल जीवन
[परिवर्तन्] फुटबल पश्चात
[परिवर्तन्] चलचित्र
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
पेले