Web Analytics Made Easy - Statcounter

See also ebooksgratis.com: no banners, no cookies, totally FREE.

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
Privacy Policy Cookie Policy Terms and Conditions
विकि - Wikipedia

विकि

नेपाली विकिपीडियाबाट

विकि एक प्रकारको वेब साईट हो जसले उक्त वेबसाईटका प्रयोगकर्ताहरूलाई सामग्रीहरू थप्न, हटाउन तथा सम्पादन गर्न दिन्छ । विकिमा जति संख्यामा पनि सामग्रीहरू हाईपलिंक बाट सजिलैसँग जोड्न सकिन्छ । विकिमा बिभिन्न किसिमका सामग्रीहरू राख्न सकिन्छ जस्तै लेख, तस्वीर, श्रब्य सामग्री, भिडियो, एनिमेसन ईत्यादि । यसमा सहकार्य गरी लेख हरू प्रकाशन गर्न सजिलो हुन्छ । उदाहरणको लागि, तपाईंले पढिरहनुभएको यो विकिपीडिया पनि एक विकि हो ।

विकि शब्द एक इन्टर्नेट अपभाषा (स्ल्याङ्) हो जुन विकिविकिवेब शब्दको छोटकरी रुप हो । विकिविकि हवाईयन भाषा बाट आएको शब्द हो र उक्त भषामा यसको अर्थ हुन्छ "छिटो" वा "रफ्तार"।

विकिमा, धेरै प्रयोगकर्ताहरूले एकै सामग्रीहरू सामुहिक रुपमा लेख्न तथा योगदान दिन सक्दछन् । यदि एकजानाले गल्ती लेखेमा अर्कोले सच्च्याउन सक्दछ । त्यस्तै अर्को ब्यक्तिले त्यस पृष्ठमा केही नयाँ कुरा थप्न पनि सक्दछ । यसले गर्दा हरेक पटकको परिवर्तन सँगै विकि सामग्रीहरू परिमार्जित हुँदै जान्छन् ।

विकि सामग्रीमा योगदान दिने व्यक्तिहरू साधारण स्वयंसेवकहरू हुँदछन् । योगदानकर्ताहरू विकिमा भएका सामग्रीहरूका बारेमा छलफल पनि गर्न सक्तछन् । छलफलले प्रयोगकर्ता तथा योगदानकर्ताहरू एक अर्काको बिचार बुझ्ने तथा बिषयबस्तुको बुझाई परिमार्जित बनाउने गर्दछ । यस विकिपीडियामा भएको वार्तालाप पृष्ठ त्यही प्रयोजनको लागि हो । तर कुनै कुनै विकीमा लेख तथा छलफल एउटै पृष्ठमा हुने गर्दछ ।

विकिहरू कामको लागि बनाईएको हुन सक्छ र सबै विकिहरूले एउटै नियम मान्न पर्छ भन्ने छैन । उदाहरणको लागि, विकिपीडियाको मुख्य उद्देश्य लेख हरू लेख्नु हो जले विश्वकोशको रूप लिने छ । त्यसैले विकिपीडियाका प्रयोगकर्ताहरू लेख लेख्नमा उपयोगी नहुने विषयहरूमा छलफल गर्दैनन् ।

वार्ड कनिङह्याम (Ward Cunningham) ले मार्च 1995मा सबैभन्दा पहिले विकिको सुरूवात गरे । धेरै मानिसहरूले उक्त विकि मनपराए र त्यहाँ थुप्रै लेख तथा सामग्रीहरू तयार पारे ।


aa - ab - af - ak - als - am - an - ang - ar - arc - as - ast - av - ay - az - ba - bar - bat_smg - bcl - be - be_x_old - bg - bh - bi - bm - bn - bo - bpy - br - bs - bug - bxr - ca - cbk_zam - cdo - ce - ceb - ch - cho - chr - chy - co - cr - crh - cs - csb - cu - cv - cy - da - de - diq - dsb - dv - dz - ee - el - eml - en - eo - es - et - eu - ext - fa - ff - fi - fiu_vro - fj - fo - fr - frp - fur - fy - ga - gan - gd - gl - glk - gn - got - gu - gv - ha - hak - haw - he - hi - hif - ho - hr - hsb - ht - hu - hy - hz - ia - id - ie - ig - ii - ik - ilo - io - is - it - iu - ja - jbo - jv - ka - kaa - kab - kg - ki - kj - kk - kl - km - kn - ko - kr - ks - ksh - ku - kv - kw - ky - la - lad - lb - lbe - lg - li - lij - lmo - ln - lo - lt - lv - map_bms - mdf - mg - mh - mi - mk - ml - mn - mo - mr - mt - mus - my - myv - mzn - na - nah - nap - nds - nds_nl - ne - new - ng - nl - nn - no - nov - nrm - nv - ny - oc - om - or - os - pa - pag - pam - pap - pdc - pi - pih - pl - pms - ps - pt - qu - quality - rm - rmy - rn - ro - roa_rup - roa_tara - ru - rw - sa - sah - sc - scn - sco - sd - se - sg - sh - si - simple - sk - sl - sm - sn - so - sr - srn - ss - st - stq - su - sv - sw - szl - ta - te - tet - tg - th - ti - tk - tl - tlh - tn - to - tpi - tr - ts - tt - tum - tw - ty - udm - ug - uk - ur - uz - ve - vec - vi - vls - vo - wa - war - wo - wuu - xal - xh - yi - yo - za - zea - zh - zh_classical - zh_min_nan - zh_yue - zu -