ब्लग
नेपाली विकिपीडियाबाट
ब्लगलाइ अनलाइन डायरीको लिइन्छ । आफुलाइ लागेको कुरा लेखेर सुचनाको साजालमा पठाउनका लागि ब्लग अहिले विश्वमा नै चर्चित बन्दै गएको छ । नेपालको परिप्रेक्षमा ब्लगको शुरुवात कहिलेवाट भयो भन्ने एकिन इतिहास छैन । तर २०६१ माघ १९ मा राजा ज्ञानेन्द्र शाहले राजनीतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालमा बैकल्पीक साचारमाध्ययमको रुपमा ब्लग देखिएको हो । राजाले शासनसत्ता आफ्नो हातमा लिएपछि साचार माध्ययमलाइ नियन्त्रणमा राख्ने प्रयास भयो । यसको सांकेतिक विरोध गर्दै मुलधारको पत्रकारीतामा संलग्न रहेका युवाहरुले नेपालामा ब्लगिङ्गलाइ प्रवेश गराएका हुन् । हुनपनि क्रुर र तानाशाही सरकारको कारण राजाको सकिरयकालमा ब्लग निक्कै चर्चामा आएको थियो । मुलधारको पत्रिकाको तुलनामा ब्लग सबैको समाचारको माध्यम बन्न सफल भएको थियो । नेपालमा चर्चामा रहेको ब्लगमा युडब्लु वि अगाडि रहेको छ । यो अंग्रेजी भाषामा रहेको छ । नेपाली भाषाको ब्लगहरु हेर्ने हो भने माइसंसार डटकम र हाम्रोब्लग डटकम अगाडि देखिएका छन् । अहिले लोकतान्त्रिक शासन पद्धतिका लागि अभ्यास भइरहेको बेलामा पनि ब्लग सेलाएको छैन । सबैले आ-आफ्नो तर्फवाट ब्लग मार्फत नेयां नेपालको निर्माणमा योगदान पुर्याइरहेका छन् । ब्लगको संख्या हेर्ने हो भनेपनि अहिले ह्वात्तै बढेर गएको छ । अहिले करिव एक सयको हाराहारीमा नेपाली ब्लगहरु साचालनमा रहेका पाइन्छ ।