Web Analytics Made Easy - Statcounter

See also ebooksgratis.com: no banners, no cookies, totally FREE.

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
Privacy Policy Cookie Policy Terms and Conditions
विश्वेश्वर प्रसाद कोइराला - Wikipedia

विश्वेश्वर प्रसाद कोइराला

नेपाली विकिपीडियाबाट

विश्वेश्वर प्र कोइराला
विश्वेश्वर प्र कोइराला

विश्वेश्वर प्रसाद कोइराला (इ.सं.1914 - 21 जुन 1982) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली तथा हिन्दी भाषाका साहित्यकार हुन् । उनले आफ्नो जीवनको लामो समय सम्म नेपाली कांग्रेसको नेतृत्व, 1959 देखि 1960 सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनैतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे ।

कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो । उनि राणा सरकारले देश निकाला गरेको हुनाले बनारसमा बस्दथे । त्यहाँनै विश्वेश्वर प्रसादको जन्म भएको थियो ।

विषयसूची

[परिवर्तन्] राजनैतिक जीवन

[परिवर्तन्] वाल्यकाल तथा राजनैतिक जीवनको सुरूवात

विश्वेश्वर प्रसाद राजनैतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो । आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका भाइ मातृका प्रसाद कोइरालालाई इ.सं. 1930 मा तीन महिना सम्म बेलायती सरकारले कैद गर्यो । 1932 मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे । त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कल्कत्ता विश्वबिद्यालयबाट स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरे पछि दार्जीलिङमा बसेर धेरै समय सम्म कानून पेशामा काम गरे । विद्यार्थी हुँदापनि उनि राजनीतिमा नजिक रहेका थिए । इ.सं. 1942 देखि 1944 सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाइ बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्यो । त्यहाँबाट छुटेपछि उनले इ.सं. 1947 मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।

[परिवर्तन्] नेपालमा राजनैतिक नेतृत्व

1947मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक बर्ष कैद गर्यो । इ.सं. 1951 मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गरे । अक्टोबर 1951मा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यस पछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृह मन्त्री बने ।

[परिवर्तन्] प्रधानमन्त्री काल

इ.सं. 1959मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेसले विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे । उनको सरकार 18 महिना मात्र सरकारमा रह्यो ।

[परिवर्तन्] योगदान

[परिवर्तन्] वैदेशिक संबन्ध

प्रधानमन्त्री कालमा उनले संयुक्त राष्ट्रसंघ, भारत तथा चीनको मैतृपूर्ण भ्रमण गरे ।

[परिवर्तन्] भूमिसुधार

[परिवर्तन्] सरकारको बिगठन तथा कैद

2017 साल पुस 1 (15 डिसेम्बर 1960) गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइरालाको सरकार भंग गरे । त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिनानै 8 बर्ष सम्म कैदमा राखियो । इ.सं. 1968 उनलाई बनारस निर्वासनमा जान दिइयो । इ.सं. 1976मा उनि नेपाल फर्के तर तत्कालीन नेपाल सरकारले उनलाई देश द्रोहको अभियोगमा कैद गर्यो । अन्तर्राष्ट्रिय दबाबका कारण 1978मा उनका बिरूद्ध लगाईएका सबै अभियोगहरू सरकारले फिर्ता लियो । 1979को (36सालको आन्दोलन) बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो । उनको मृत्यु 21 जुन 1982 मा काठमाण्डौमा भयो ।

[परिवर्तन्] साहित्यीक योगदान

[परिवर्तन्] उपन्यास

  • तीन घुम्ती
  • सुम्निमामा तथा देवदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ। प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । सुम्निमा किराँत धर्मावलम्बीहरू द्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा पारोहाङ्ग किराँत धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँत हरूको आरोप छ ।
  • नरेन्द्रदाइ नरेन्द्रदाई एक मनोवैज्ञानिक उपन्यास हो। यो उपन्यासमा नरेन्द्रदाई तथा उनकी श्रीमती बीच जम्न नसकेको सहज पारिवारिक सम्बन्धको विश्लेषण गरिएको छ।
  • मोदिआइन
  • हिटलर र यहुदी जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ।
  • बाबु, आमा र छोरा

[परिवर्तन्] कथा

[परिवर्तन्] जीवनी

  • आफ्नो कथा
  • जेल जर्नल
पूर्वाधिकारी
सुवर्ण समसेर जङ्गबहादुर राणा
नेपालको प्रधानमन्त्री
मे २७, १९५९ – डिसेम्बर २६, १९६०
उत्तराधिकारी 
तुल्सी गिरी
पूर्वाधिकारी
मातृका प्रसाद कोइराला
नेपाली कांग्रेसको सभापति
??
उत्तराधिकारी 
कृष्णप्रसाद भट्टराई


aa - ab - af - ak - als - am - an - ang - ar - arc - as - ast - av - ay - az - ba - bar - bat_smg - bcl - be - be_x_old - bg - bh - bi - bm - bn - bo - bpy - br - bs - bug - bxr - ca - cbk_zam - cdo - ce - ceb - ch - cho - chr - chy - co - cr - crh - cs - csb - cu - cv - cy - da - de - diq - dsb - dv - dz - ee - el - eml - en - eo - es - et - eu - ext - fa - ff - fi - fiu_vro - fj - fo - fr - frp - fur - fy - ga - gan - gd - gl - glk - gn - got - gu - gv - ha - hak - haw - he - hi - hif - ho - hr - hsb - ht - hu - hy - hz - ia - id - ie - ig - ii - ik - ilo - io - is - it - iu - ja - jbo - jv - ka - kaa - kab - kg - ki - kj - kk - kl - km - kn - ko - kr - ks - ksh - ku - kv - kw - ky - la - lad - lb - lbe - lg - li - lij - lmo - ln - lo - lt - lv - map_bms - mdf - mg - mh - mi - mk - ml - mn - mo - mr - mt - mus - my - myv - mzn - na - nah - nap - nds - nds_nl - ne - new - ng - nl - nn - no - nov - nrm - nv - ny - oc - om - or - os - pa - pag - pam - pap - pdc - pi - pih - pl - pms - ps - pt - qu - quality - rm - rmy - rn - ro - roa_rup - roa_tara - ru - rw - sa - sah - sc - scn - sco - sd - se - sg - sh - si - simple - sk - sl - sm - sn - so - sr - srn - ss - st - stq - su - sv - sw - szl - ta - te - tet - tg - th - ti - tk - tl - tlh - tn - to - tpi - tr - ts - tt - tum - tw - ty - udm - ug - uk - ur - uz - ve - vec - vi - vls - vo - wa - war - wo - wuu - xal - xh - yi - yo - za - zea - zh - zh_classical - zh_min_nan - zh_yue - zu -