Web Analytics Made Easy - Statcounter

See also ebooksgratis.com: no banners, no cookies, totally FREE.

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
Privacy Policy Cookie Policy Terms and Conditions
भरतपुर विमानस्थल - Wikipedia

भरतपुर विमानस्थल

नेपाली विकिपीडियाबाट

भरतपुर विमानस्थल नेपाल को राजधानी काठमाडौं बाट १५० कि मि टाढा चितवन उपत्यका को भरतपुर सहरमा रहेको छ। यो विमानस्थल १९६१ देखी शुरू भएको हो हाल मध्य नेपालको प्रमुख यो विमानस्थल बेला बेलामा अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो।नेपालको केन्द्र भाग मा रहेको राजधानी काठमाण्डौ बाट पनी नजिक रहेको र भौगोलिक रूपमा पनी अत्यान्त सुरक्षीत चितवन उपत्यका भित्र रहेका ले पनी यो विमानस्थललाइ अन्तराष्ट्रीय विमानस्थल बनाउने चर्चा चल्ने गर्दछ । हाल भरतपुर सहरको केन्द्र भागमा रहेको भरतपुर विमानस्थल तथा चितवनको अर्को मेघौली विमानस्थलको जमिन बेची पुर्व पस्चिम रनवे बनाएर नारायणी नदी पारी वा वारीको क्षेत्रमा बनाउन सकिने सोचले चर्चा पाइ रहेको छ । पुर्व पस्चिम रनवे बनाउदा चितवन राष्ट्रिय निकुन्जका जनवार लाइ ध्वनी प्रदुषण पनी नहुने राय विज्ञ हरूले दिइ सकेका छन । हाल यो विमानस्थल बाट दैनिक एघार वटा सम्म उडान हुने गरेको छ । हाल भरतपुर विमानस्थलमा नेपालकै पहिलो प्राइभेट पाइलट तालिम स्कुल संचालित छ ।

विषयसूची

[परिवर्तन्] नामांकरण

यो विमानस्थल को नाम नेपाल भरतपुर सहरको नाम बाट राखिएको हो ।

[परिवर्तन्] स्थिति

यो विमानस्थल भरतपुर नगरको मुटु चौबिसकोठी को पस्चिमी क्षेत्र मा महेन्द्र राजमार्ग तथा कृष्णपुर को बिच हाकिम चोक देखी सैन्य ब्यारेक सम्म उत्तर दक्षीण फैलिएर रहेको छ ।नेपालको भरतपुर विमानस्थलको एअरपोर्ट कोड |BHR|VNBP हो ।

[परिवर्तन्] विस्तार

[परिवर्तन्] विमान सेवाहरू

  • यति एअरलाइन्स
  • कस्मिक एअर
  • नेपाल एअर लाइन्स
  • बुद्ध एअर
  • गोर्खा एअरलाइन्स
  • स्काइलाइन एअरवेज
  • शिवानी एअर

[परिवर्तन्] उडान

यो विमानस्थल बाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-


[परिवर्तन्] विश्तार तथा बिकास

अन्तराष्ट्रिय विमानस्थल अहिले सम्म बन्न नसकेको भएतापनी भरतपुरको आन्तरिक विमानस्थलको १९६१ मा शुरू भए यता केही सुधार हुदै आएको छ शुरूवात देखी राष्ट्रिय ध्वाजावाहक नेपाल वायु सेवा निगमले उडान गरिरहेको छ भने अन्य निजी विमान सेवा हरूले पनी उडान बढाउदै दैनिक छ सात वटा उडान अहिले भरतपुर बाट उपलब्ध छन यो विमानस्थल मा नेपाल वायुसेवा तथा नेकोन एअर को एभ्रो जाहाज बस्न सक्ने बनाउन ११५८ मि टर को धावनमार्ग १९९४ मा बनाइयो भने त्यसलाइ १९९८ मा पिच गर्ने कार्य समेत १९९९ मा एसियाली विकास बैकंको सहयोगमा संपन्न भयो त्यसै गरी नया टर्मिनल भवन पनी बनेर तयार भयो हाल नेपालका मुख्य यात्रु चपयुक्त विमानस्थल मध्य भरतपुर विमानस्थल पनी एक हो तर मात्र एक सय चालिस मिटर धावन मार्ग थप्न असमर्थ (विमानस्थलको उत्तर तथा दक्षिणमा सरकारी जग्गानै रहेको छ) कस्मिक एअर को १०४ यात्रु बोक्ने फोकर जेट ले यो विमानस्थलको उपयोग गर्न पाएको छैन ।


[परिवर्तन्] भरतपुरमा अन्तराष्ट्रिय विमानस्थलको संभावना

नेपाल अधिराज्यको केन्द्रमा पर्ने चितवन उपत्यकाभरतपुर यातायात का दृष्टीले पनी केन्द्रविन्दु रहको छ यो १५० कि मी लम्वाइ र ५० कि मी चौडाइ रहेको यो उपत्यकामा देशको दोश्रो अन्तराष्ट्रिय विमानस्थल बनाउन पर्ने माग धेरै पहिले देखी चितवन बासी अन्य क्षेत्रका नेपाली तथा बाह्य मुलुकमा बसेका नेपाली को समेत रहि आएको छ । काठमाण्डौमा रहेको एक मात्र त्रिभुवन विमानस्थल विमान तथा यात्रुको चाप ले अहिले नै सांघुरो प्रतित भइसकेको छ उक्त विमानस्थलको विश्तार गरी बहुधावनमार्ग बनाउन पनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भौगोलीक अवस्था र राजधानीको सहरी करणको चापले असंभव प्रायभइसकेको छ । तसर्थ अत्यान्त ठुलो र तुलानत्मक रूपमा अत्यान्त सुरक्षीत भुभाग तथा राजधानी उपत्यका दोश्रो पर्यटकिय गन्तव्य पोखरा उपत्यका तथा देशका अन्य भागसंग पनी सहज यातायात पहुचका कारण भरतपुरमा दोश्रो अन्तराष्ट्रिय विमानस्थल बनाउनु अत्यान्त बान्छनिय देखिन्छ सन १९८८ मा सो को अध्यान पनी भएको थियो जसमा तिन विकल्प छुट्टयाइएको थियो

  • भरतपुर नगरपालीकाको को वार्ड नं.१४ तोरीखेतमा उत्तर दक्षिण धावन मार्ग गरी वनाउने ।
  • भरतपुर नगरपालीका को पस्चिम शिबघाटको नारायणी नदीको ढाढ क्षेत्रमा पुर्व पस्चिम धावन मार्ग गरि बनाउने ।
  • तेश्रोमा चितवन उपत्यकाको नारायणी नदी पारीको नवलपरासी जिल्ला खण्डको रजहर नजिकै पुर्वपस्चिम धावनमार्ग गरि बनाउने ।

अध्यान सकिए पछी दुइ र तिन नं.का विकल्प मा ध्यानै नदिइ मात्रै एकनं. विकल्पको आधार लिएर भरतपुर मा अन्तराष्ट्रिय विमानस्थल बनाउदा चितवन राष्ट्रिय निकुन्जका जनवारलाइ ध्वनी प्रदुषण हुने हल्ला फैलाइ त्यसलाइ कागजमा मात्र सिमित गरियो । जवकी दोश्रो र तेश्रो विकल्प अत्यान्त व्यवाहारिक थिए र पुर्व पस्चिम धावनमार्ग हुने भएकाले र दोश्रो विकल्पको हकमा नारायणी नदिको ढाढक्षेत्र (जुन बाकी चितवन भन्दा झण्डै ५० मिटर तल रहेको छ) मा बनाउदा ध्वनी अझ बढी घटने र नारायणी नदी जस्तो ठुलो जल श्रोतको छेउमा बनाउदा विमानस्थलमा हुने आगलागी मा समेत तुरून्त पानीको ठुलो श्रोत समेत उपलब्ध हुनसक्ने देखिन्छ । आम चितवन बासी तथा काठमाण्डौ बाहिरका सबै नेपाली लाइ अत्यान्त सहज हुने देखीन्छ फेरी त्रिभुवन विमानस्थल संचालन भैरहने भएकाले र भरतपुरको विमानस्थल बाट पनी राजधानी मात्र १४६ कि मी को दुरी मा मात्र रहेकाले त्यो विमानस्थलको अत्यान्त खांचो भैरहेको देखिन्छ । फेरी भरतपुर शहरको मुटुमा रहेको अर्वौरूपिया पर्ने बहुमुल्य जग्गा भएको वर्तमान आन्तरिक विमानस्थल र मेघौली स्थित अर्को विमानस्थलको जग्गा विक्रि बाट नया विमानस्थल को ८० प्रतिसत पुर्वाधार बानउन अर्थ पनी जुटनसक्ने सहजै देखिएको छ ।

[परिवर्तन्] श्रोतहरू

अरु भाषामा


aa - ab - af - ak - als - am - an - ang - ar - arc - as - ast - av - ay - az - ba - bar - bat_smg - bcl - be - be_x_old - bg - bh - bi - bm - bn - bo - bpy - br - bs - bug - bxr - ca - cbk_zam - cdo - ce - ceb - ch - cho - chr - chy - co - cr - crh - cs - csb - cu - cv - cy - da - de - diq - dsb - dv - dz - ee - el - eml - en - eo - es - et - eu - ext - fa - ff - fi - fiu_vro - fj - fo - fr - frp - fur - fy - ga - gan - gd - gl - glk - gn - got - gu - gv - ha - hak - haw - he - hi - hif - ho - hr - hsb - ht - hu - hy - hz - ia - id - ie - ig - ii - ik - ilo - io - is - it - iu - ja - jbo - jv - ka - kaa - kab - kg - ki - kj - kk - kl - km - kn - ko - kr - ks - ksh - ku - kv - kw - ky - la - lad - lb - lbe - lg - li - lij - lmo - ln - lo - lt - lv - map_bms - mdf - mg - mh - mi - mk - ml - mn - mo - mr - mt - mus - my - myv - mzn - na - nah - nap - nds - nds_nl - ne - new - ng - nl - nn - no - nov - nrm - nv - ny - oc - om - or - os - pa - pag - pam - pap - pdc - pi - pih - pl - pms - ps - pt - qu - quality - rm - rmy - rn - ro - roa_rup - roa_tara - ru - rw - sa - sah - sc - scn - sco - sd - se - sg - sh - si - simple - sk - sl - sm - sn - so - sr - srn - ss - st - stq - su - sv - sw - szl - ta - te - tet - tg - th - ti - tk - tl - tlh - tn - to - tpi - tr - ts - tt - tum - tw - ty - udm - ug - uk - ur - uz - ve - vec - vi - vls - vo - wa - war - wo - wuu - xal - xh - yi - yo - za - zea - zh - zh_classical - zh_min_nan - zh_yue - zu -