Web Analytics Made Easy - Statcounter

See also ebooksgratis.com: no banners, no cookies, totally FREE.

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
Privacy Policy Cookie Policy Terms and Conditions
पासाङ ल्हामु शेर्पा - Wikipedia

पासाङ ल्हामु शेर्पा

नेपाली विकिपीडियाबाट

पासाङ ल्हामु शेर्पा
पासाङ ल्हामु शेर्पा

पासाङ ल्हामु शेर्पा सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन् । उनले एप्रील २२, १९९३ मा सगरमाथाको सफल आरोहण गरेकी थिईन् । त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भएको थियो । उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकि थिईन् । सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङ संग फर्कदै गर्दा उनको मृत्यु भयो । सगरमाथा चढ्नु भन्दा पहिले उनले मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालहरू चढिसकेकी थिईन् । उनको जन्म सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के-४ मा २०१७ साल मंसिरमा भएको थियो । पिता फूर्वा कितार शेर्पासाग १४ वर्षको कलिलो उमेरदेखि नै सानो कुम्लो बोकेर हिँड्न थालेकि थिइन । दुई दाजु, दुई भाइकी एकमात्र चेली पासाङ सन् १९७९ मा पूर्णरूपमा ट्रेकिङ पेशामा लागेकि हुन् । सन् १९९० र त्यसपछि लगातार दुई वर्ष सगरमाथा आरोहण गर्ने जमर्को असफल भइन । पासाङ ल्हामुको सहासको सम्मान गर्दै नेपाल सरकारले उनलाई नेपालको राष्ट्रिय बिभूती घोषित गरेको छ । सरकारले २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरेको हो । उनको मृत्युपछि नेपाल सरकारले नेपाल तारा अलंकारले पुरष्कृत गर्यो । यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भएको छ । उनको नाममा पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन पनि संचालित छ । २०५० साल वैशाख १० गते दिउँसो २.१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला हुन पुगिन । आरोहणपछि र्फकने क्रममा पासाङको निधन भयो । मृत्युपश्चात् पासाङलाई 'सुप्रदिप्त मान्यवर नेपाल तारा'को विभूषण मिल्यो । उनको तस्वीर अंकित हुलाकटिकट प्रचलनमा ल्याइयो । पूर्वी नेपालको नाम्चे गाउँ विकास समितिअन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो 'जासम्बा' नामको चुचुरोलाई 'पासाङ ल्हामु चुली' नामकरण पनि गरियो ।

[परिवर्तन्] External Links

पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन

अरु भाषामा


aa - ab - af - ak - als - am - an - ang - ar - arc - as - ast - av - ay - az - ba - bar - bat_smg - bcl - be - be_x_old - bg - bh - bi - bm - bn - bo - bpy - br - bs - bug - bxr - ca - cbk_zam - cdo - ce - ceb - ch - cho - chr - chy - co - cr - crh - cs - csb - cu - cv - cy - da - de - diq - dsb - dv - dz - ee - el - eml - en - eo - es - et - eu - ext - fa - ff - fi - fiu_vro - fj - fo - fr - frp - fur - fy - ga - gan - gd - gl - glk - gn - got - gu - gv - ha - hak - haw - he - hi - hif - ho - hr - hsb - ht - hu - hy - hz - ia - id - ie - ig - ii - ik - ilo - io - is - it - iu - ja - jbo - jv - ka - kaa - kab - kg - ki - kj - kk - kl - km - kn - ko - kr - ks - ksh - ku - kv - kw - ky - la - lad - lb - lbe - lg - li - lij - lmo - ln - lo - lt - lv - map_bms - mdf - mg - mh - mi - mk - ml - mn - mo - mr - mt - mus - my - myv - mzn - na - nah - nap - nds - nds_nl - ne - new - ng - nl - nn - no - nov - nrm - nv - ny - oc - om - or - os - pa - pag - pam - pap - pdc - pi - pih - pl - pms - ps - pt - qu - quality - rm - rmy - rn - ro - roa_rup - roa_tara - ru - rw - sa - sah - sc - scn - sco - sd - se - sg - sh - si - simple - sk - sl - sm - sn - so - sr - srn - ss - st - stq - su - sv - sw - szl - ta - te - tet - tg - th - ti - tk - tl - tlh - tn - to - tpi - tr - ts - tt - tum - tw - ty - udm - ug - uk - ur - uz - ve - vec - vi - vls - vo - wa - war - wo - wuu - xal - xh - yi - yo - za - zea - zh - zh_classical - zh_min_nan - zh_yue - zu -