पर्सा वन्यजन्तु आरक्षण
नेपाली विकिपीडियाबाट
पर्सा वन्यजन्तु आरक्षण नारायणी अञ्चलको चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको वन्यजन्तु आरक्षण क्षेत्र हो जुन चितवनको पूर्वी भाग,मकवानपुरको दक्षिणी भाग, अनि पर्सा र बारा जिल्लाका उत्तरी भागहरूमा फैलिएको छ । यसको क्षेत्रफल 499 बर्ग कि.मी. छ । यो बि.सं. 1984मा स्थापना गरिएको हो । यसले 750 मिटर देखि 950 मिटर सम्मको चुरे पहाड क्षेत्र ओगटेको छ । यसको हावापानी subtropical प्रकारको छ । यहाँ चुरे पहाडको माथिल्लो भागमा सल्लो र होंचो भागमा खयर, सिसौ, सालका जंगलहरू छन् । चुरे पहाडको दक्षिणपट्टिको भेकमा घाँसे मैदान छ । यहाँ हात्ती, बाघ, चितुवा, भालु, गौर, निलगाई, चित्तल, मृग, लंगूर बाँदर, हुँडार, बन बिरालो आदि जंगली जनावरहरू पाइन्छन् । त्यसका साथै यहाँ करीब 300 प्रजातिका चराहरू पाईन्छन् । ती मध्ये मयुर, धनेश, मैना आदि पर्दछन् । बिभिन्न घस्रने जनावरहरू जस्तै कोब्रा, करेत, अजिंगर आदि पनि पाइन्छन् ।
[परिवर्तन्] बाहिरी लिंक
http://www.geocities.com/holcomnp/AboutHetauda/Tourist/WildLife.htm
नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरू |
---|
खप्तड राष्ट्रिय निकुञ्ज | चितवन राष्ट्रिय निकुञ्ज | रारा राष्ट्रिय निकुञ्ज | शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज | सगरमाथा राष्ट्रिय निकुञ्ज | बर्दिया राष्ट्रिय निकुञ्ज | मकालु-बरूण राष्ट्रिय निकुञ्ज | पर्सा वन्यजन्तु आरक्षण | कोशि टप्पु वन्यजन्तु आरक्षण | शुक्लाफाँट वन्यजन्तु आरक्षण | ढोरपाटन शिकार आरक्षण | अन्नपुर्ण संरक्षण क्षेत्र |