Web Analytics Made Easy - Statcounter

See also ebooksgratis.com: no banners, no cookies, totally FREE.

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
Privacy Policy Cookie Policy Terms and Conditions
उपत्यका - Wikipedia

उपत्यका

नेपाली विकिपीडियाबाट

चारै तिर पाहाडले घेरीएका बिचका समतल भुभागलाइ उपत्यका भनीन्छ नेपालमा दुइ प्रकारका उपत्यका रहेका छन ।

पाहाडी क्षेत्रभित्रका उपत्यका

भित्री मधेश भनीने तराइ क्षेत्र र पाहडी क्षेत्र बिचका उपत्यका

पाहडी क्षेत्रका ठुला उपत्यका लाइ उपत्यका भनीएपनी साना पाहाडी उपत्यका लाइ टार,पाटन, बेसी र माढी पनी भनीन्छ कती पय माढी तथा टार भनीने उपत्यका पनी निकै ठुलो क्षेत्रफलसमेत भएका र बिभिधताले भरीपुर्ण रहेका छन ।


विषयसूची

[परिवर्तन्] पहाडी क्षेत्रका मुख्य ठुला उपत्यका

[परिवर्तन्] काठमाडौं उपत्यका

नेपालको राजधानी का साथै पांच वटा नगर काठमाण्डौ, ललीतपुर,भक्तपुर,मध्यपुर तथा कृतीपुर लागयत केही गांउ समेत रहेको अत्यान्त उब्जाउ माटो रहेको यो उपत्यका लाइ बाग्मती उपत्यका पनी भनीन्छ । यो पाहाडी क्षेत्रको सबैभन्दा ठुलो उपत्यका हो । यस उपत्यकामा को पाहडी क्षेत्रमा उत्तपत्ती भइ बाग्मती,बिष्णुमी,इक्षुमती,धोबीखोला,हनुम्ते, मनहरा, धोवीखोला कोडकुखोला तथा टुकुचा लगायत खोला हरू बाग्मती नदीको जलधारामा मीसीदै चोभारको गल्छी बाट उपत्यका बाहीर निस्केका छन । सभ्यतको प्रतीकको रूपमा बिकास भएको काठमाण्डौ बर्तमान नेपालको राजधानी तथा साथै मुख्य सहरी क्षेत्रपनी हो ।

गोपाल वंसी महीसपाल वसी समेतको इतीहास भएको एतीहासीक काठमाण्डौ उपत्यकामा किरात,लिक्षीवी, मल्ल हुदै बर्तमान शाह पुस्ता ले राज्य गरेका हुन । काठमाण्डौ उपत्यका मा काठमाण्डौ माहानगर ७९०,६१२ ललीतपुर उपमाहानगर पालीका १८६,३१६ भक्तपुर नगरपालीका ७६,८९० मध्यपुर नगरपालीका ५४,९०५ कृतीपुर नगरपालीका ४४.६३५ सहीत अन्य गा.बि.स.को झन्डै एघारलाख जनसंख्या गरी झन्डै पच्चीस लाख जनसंख्या बसोबास गर्दछ । देशको केन्द्रीय सचीवालय सिंह दरवार नारयणी हिटी राजदरवार मन्त्रालय हरू बिभीन्न केन्द्रीय कायर्लय हरू यही उपत्यका मा रहेका छन । काठमाण्डौ नेपाल को प्रमुख वाणीज्य केन्द्र पनी हो पर्यटन स्थलको रूपमा पुरना संपदा बसन्तपुर दरवार, पाटन दरवार,भक्तपुर दरवार, पसुपती नाथ, चांगु नारायण, स्वंयभुनाथ तथा बुद्वनाथ यही उपत्यका मा रहेका छन ।

[परिवर्तन्] पोखरा उपत्यका

मध्यनेपाल मा पर्ने पोखरा उपत्यका लाइ सेती उपत्यका पनी भन्दछन । नेपालकै दोश्रो ठुलो पोखरा नगर का साथ लेखनाथ नगरपालीका र धेरै गाउं बिकास समीती समेत रहेको पोखरा उपत्यका बाट बिजयपुर कोत्रे, लगायतका खोला हरू सेती नदी को जलधारामा मीसीएर उपत्यका बाहीर निस्कन्छन । पोखरा उपत्यका ताल हरूका लागी धनी उपत्यका हो , फेवा,बेगनास,रूपा खास्टे लगायतका ठुला तथा मैदी दीपाङ,कमलपोखरी लगायत साना ताल हरू यो उपत्यका भीत्रै रहेका छन ।

वर्तमान नेपाल एकीकरण हुनु अगाडी पोखरा कास्की राज्य अन्तर्गत थियो एतीहासीक कास्कीकोट उपत्यका का उत्तरी छेउमा रहेको छ । पृथ्वी नारायण शाहका माहीला पुत्र नायव वाहादुर शाहाको समयमा पोखरा उपत्यका बर्तमान नेपाल मा मिलाइएको हो । पोखरा उपत्यका को पोखरा उपमहानगरपालिका १८६,४१० र लेखनाथ नगरपालिका मा ४६,२२१ जनसंख्या रहेको छ । साथै उपत्यका का अन्य गांउहरूमा ३५०,००० जती जनसंख्या रहेको छ पोखरा तथा लेखनाथ को मुख्य व्यवसाय पर्यटन हो । यांहा का रमणीय ताल हरू र सेती नदी हिमाली छायां तथा झरना हरू प्रमुख पर्यटकीय स्थल हुन । फेवा ताल मा पर्ने माछापुछ्रे को छांया तथा बेगनासमा गरीने डुङगा सवारी बिर्शीनसक्नुका छन । साथै अन्न पुर्ण पदयात्रामार्ग पनी यंही बाट शुरू हुन्छ ।

पोखरा उपत्यका पुर्वमा पृथ्वी राजमार्गका माध्यमले मध्यपाहडी क्षेत्र,काठमाडौं उपत्यका मध्य दक्षीणको चितवन उपत्यका तथा पुर्व र पस्चिम नेपालको तराइ सँग जोडिएको छ भने सिदार्थ राजमार्गले पोखरालाइ पस्चिम तराइ, र केही पाहाड जिल्ला संग तथा धवलागीरी राजमार्ग ले पस्चिम उत्तरी पाहडी हिमाली क्षेत्र सँग जोडेका छन ।

[परिवर्तन्] सुर्खेत उपत्यका

पस्चीम नेपालको पाहाडी क्षेत्र मा पर्ने सुर्खेत उपत्यका पाहाडी क्षेत्रका काठमाण्डौ र पोखरा उपत्यका पछी क्षेत्रफलमा तेस्रो ठुलो मानीन्छ । विरन्द्रनगर शहरी क्षेत्र सहीत थुप्रै गांउ बिकास समीती रहेको सुर्खेत उपत्यकाबाट झुप्रा निकास खोला अदी खोला प्रवाहीत छन ।र यी खोलाहरू उपत्यका बाहीर नीस्केर भेरी नदी मा मिल्दछन । सुर्खेत मा वुलवुल ताल कार्के दह लगायत साना ठुला ताल पोखरी समेत रहेका छन ।

सुर्खेत उपत्यका बर्तमान नेपाल एकीकरण हुनु अगाडी लामो समय जुम्लाको सिंजा राज्य तथा जाजरकोट राज्य द्वारा शासीत थीयो एतीहासी लाटीकोइली दउती बज्यै तथा काक्रे विहार ले सुर्खेतको एतीहासीकता झल्काउदछन । झन्डै ४०,००० हजार जनसंख्या रहेको वीरेन्द्रनगर मुख्य सहरी क्षेत्र रहेको यस उपत्यका का अन्य गांउमा समेत गरी झन्डै दुइलाख जनसंख्या रहेको छ । यो उपत्यका लाइ बाकी नेपाल संग रत्न राजमार्गले तथा सिंजा उपत्यका संग कर्णाली राजमार्ले र दाङ उपत्यकाको त्रिभुवननगर संग एक कच्ची सडक मार्गले जोडेका छन । उपत्यका को वीरेन्द्रनगर सहरी क्षेत्र तथा अन्य गांउहरूमा स्थानीय सडक संजाल ले जोडीएका छन ।

[परिवर्तन्] सिंजा

कर्णाली अन्चलमा पर्ने यो उपत्यका एतीहासी जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको संरचनामा कर्णाली अन्चल तथा जुम्ला जील्लाको समेत सदरमुकाम हो अत्यन्त विकट पाहाडी तथा हीमाली क्षेत्र विच रहेको यो उपत्यका भुगोल अनुपम छ तिला नदी यो उपत्यका लाइ चिर्दै बाहीर निस्केको छ । एतीहांसीक बजार रहेपनी हवाइ सम्पर्क मात्र भएको सिंजा उपत्यका मा हालै मात्रै सुर्खेत उपत्यका संग कर्णाली राजमार्ग मार्फत जोडीएको छ । स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानीन्छ ।


[परिवर्तन्] पाहडी क्षेत्रका माढी तथा टार तथा पाटन भनीने केही प्रमुख उपत्यका

[परिवर्तन्] पाल्पा माढी

पाल्पा जील्लाको तानसेन नगरको केही भुभाग समेत पर्ने माडी उपत्यका पाल्पा तथा सम्पुर्ण लुम्वीनी अन्चलका पाहाडी क्षेत्रको सबै भन्दा ठुलो अन्न भण्डार हो । ढापीलो जमीन भएकाले यसउपत्यकामा माव बसोवास चाही त्यती भ्एको छैन । याहांको जलनीकास भएर झुम्साखोला (तल तिनाउ भनीने) मा मिसीन्छ ।

[परिवर्तन्] बनेपा

काठमाण्डौ उपत्यको पुर्वको सांगा भन्जयाङ चढेर झरेपछी बनेपा उपत्यका मा पुगीन्छ काभ्रेपलान्चोक जील्लामा पर्ने यो उपत्यका राजधानी काठमाण्डौको नजीकै रहेको र साना साना तिन नगर पनोती, बनेपा र धुलीखेल समेत यसैभीत्र पर्ने हुनाले महत्वपुर्ण छ नेपाल र चिनलाइ जोडने अरनीको राजमार्ग यसै उपत्यका भ्एर उत्तर तिर झरेको छ । साथै निमार्णधीन वि पि कोइराल राजमार्ग ले यो उपत्यका लाइ सिन्धुली उपत्यका तथा बाहीरी तराइ संग जोडने छ ।

[परिवर्तन्] पांचखाल

काभ्रेपलान्चोक जील्लामा नै रहेको र बनेपा उपत्यक को उत्तरमा पर्ने पांचखाल उपत्यका अत्यन्त उब्जाउ माटोले बनेको छ नेपाल मा कमै मात्र दुइ खेती धनहुने ठांउ हरू मध्य यो उपत्यका एक प्रमुख ठांउ हो । अरनीको राजमार्ग ले यसउपत्यका लाइ पनी चिर्दै उत्तर तर्फ गएको छ । नेपालको मुख्य शान्ती सेना तालीम केन्द्र यसै उपत्यका मा रहेको छ भने प्रकृतीक रूपमा पनी थुप्रै संभावना पांचखाल उपत्यका मा देखीएका छन ।

[परिवर्तन्] पाटन (बैतडी)

बैतडी जील्लामा पर्ने पाटन उपत्यका बैतडी जील्लाको दोश्रो सदरमुकाम तथा सबै भन्दा उब्जाउ फांटको रूपमा रहेको छ । य उपत्यका को दक्षीणमा माहाभारत श्रृङखला पारी पट्टी जोगबुढा उपत्यका रहेको छ ।

[परिवर्तन्] तुम्लीङटार

तुम्लीङटार संखुवासभा जील्लामा पर्दछ सभाखोला र अरूण नदीको दोभनमा रहेकाले यसलाइ सभा उपत्यका समे भनीनन्छ तर समग्रमा अरूण उपत्यकाको एक अंस पनी भन्ने गरीन्छ खादवारी नगरपालीका रहेको यो उपत्यका मा नेपालको पाहडी क्षेत्रमै सबै भन्दा ठुलो घांसे विमानस्थल रहेको छ ।

[परिवर्तन्] रूम्जाटार

रूम्जाटार वखलढुङगा जील्लमा र सुनकोसी नदीको किनारमा अवस्थीत छ ।वखलढुङगा जील्लाको हवाइ द्वार रूम्जाटारमा बिमानस्थल र सानो बजार समेत रहेको छ ।

[परिवर्तन्] कर्पुटार

कर्पुटार गोरखा तनहु र लम्जुङ जील्ला सम्म फैलीएको अत्यन्तै उपजाउ उपत्यका हो

[परिवर्तन्] बिजुवार

प्युठान जील्लामा पर्ने बीजुवार सानो तर अत्यन्त उर्वर उपत्यका हो । यो प्युठान जील्लाको सबैभन्दा ठुलो बजार पनी हो ।

[परिवर्तन्] सल्यानटार

धादीङ मा पर्दछ

[परिवर्तन्] अरूघाट

पुर्वी गोरखा मा पर्दछ

[परिवर्तन्] धादीङ बेसी

धदीङ जील्ला सदरमुकाम रहेको यो सानो उपत्यका धादीङ जील्लामा पर्दछ र जील्लको उत्तरी क्षेत्रका लागी खांचो का चीज हरू यही बाट पठाइन्छ ।

[परिवर्तन्] चुत्राबेसी

अर्घाखाची जील्ला सदरमुकाम सन्धीखर्क बजार तथा एतीहासीक चुतरावेसी बजार समेत पर्ने यो उपत्यका अर्घाखांची जील्लाको मुख्य अन्न भण्डारहो । एतीहासीक चुतरा वेसी तथा जील्ला सदरमुकाम समेत यही रहेकाले यो उपत्यका द्रुततर बिकास भइरहेको छ । प्रसासनीक शैक्षीक श्वास्थ तथा वाणीज्य विकासको प्रचुर संभावना यो सानो उपत्यकामा देखीन्छ ।

[परिवर्तन्] धुनीबेसी

[परिवर्तन्] रामपुर (पाल्पा)

पुर्वी पाल्पा मा काली नदीको किनारमा पर्ने रामपुर उपत्यका रातो माटोको सतहले बनेको छ यसै उपत्यकामा पल्पा जील्लको दोश्रो वाणीज्यकेन्द्र रामपुर रहेको छ । हाल सिंचाइ नहरको निर्माण पछी यो उपत्यका उत्पादनशील भएको छ । साथै वाणीज्य केन्द्रको रूपमा समेत बिकास भइरहेको छ ।

[परिवर्तन्] चौरजाहारी

रूकुम जील्लामा भेरीनदीको कीनारमा अवस्थीत यो उपत्यका जाजरकोट र रूकुम जील्लको प्रमुख अन्न भण्डारका साथै शिक्षा श्वास्थको केन्द्र पनी हो ।

[परिवर्तन्] भित्री मधेश भनीने तराइ क्षेत्र र पाहडी क्षेत्र बिचका उपत्यका

[परिवर्तन्] जोगबुढा उपत्यका

डडेल्धुरा जील्लामा पर्ने जोगबुढा उपत्यका को दक्षीणमा प्रसीध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जील्लाको मुख्य अन्न भंडार हो । बिकासका दृष्टीले केही पछी परेको भएतापनी क्रमश बिकसीत हुदैछ ।जोगबुढा नदी ले सिंचीत गरेको यो उपत्यकालाइ जोगबुढा उपत्यका पनी भनीन्छ ।

[परिवर्तन्] दाङ उपत्यका (बबइ उपत्यका)

दाङ उपत्यकाको मुख्यनदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनी चिनिन्छ । स्योर लगायतका अन्य साना ठुला खोला नदी हरू पनी यो उपत्यका मा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जील्लामा पर्ने यो सबै भन्दा ठुलो उपत्यका संपुर्ण राप्ती अन्चलकै अन्न भण्डारको रूपमा रहेको छ साथै दुइ नगरपालीका (त्रिभुवननगरतुल्सीपुर)रहेको यो उपत्यकाका मा बाणीज्यकेन्द्र हरू समेत बिकास भइसकेका छन, खास गरी त्रिभुवननगर र तुल्सीपुर ले राप्तीका संपुर्ण पाहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोश्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विस्ववीधालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस त्रिभुवननगर तथा अन्य क्याम्पस तथा बिधालय समेत यस उपत्यका मा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेका ले यो उपत्याका पुरै राप्तीको पाहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो ।

बिकससिल भएर पनी राप्ती अन्चल र पस्चीम नेपाल र राप्ती अन्चलको बिकसीत जिल्लाका रूपमा दाङलाइ गनीन्छ । सडक यतायतमा दाङ उपत्यकालाइ देउखुरी उपत्यकामा पर्ने लमही बजार अवस्थीत महेन्द्र राजमार्ग संग ए पक्की साहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखी तुल्सी पुर सम्म तथा बिचका अन्य ग्रामीण गांउ तथा बजार लाइ यात यात सेवा गर्दछ । साथमा दाङ राप्ती अन्चलको पाहडी क्षेत्रको पनी मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यान संग यस उपत्यका का त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखी सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटैपनी एक कच्ची साहायक मार्गले उपत्यका बाहीर पस्चीमी खण्डको महेन्द्र राजमार्ग संग जोडदछ । स्थानीय सडक हरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनी छन । दुर संचारमा टेलीफोन एस टि डि , अाइ एस टि डि तथा इमेल इन्टरनेटको सुबीधा पाउन सकिन्छ स्थानीय यातायातका साधन हरूमा मुख्य दुइ शहरमा थोरै टयाक्सी तथा रिक्साको सुबिधा रहेको छ भने ग्रामीण क्षेत्र तीर साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलीत छन । दाडको बारेमा अझबढी जानकारीका लागी त्रिभुवन नगर नगर पालीकाको वेभ साइट http://www.tribhuvannagar.gov.np/ मनोरंजनात्मक वेभ साइट http://www.merodang.com/ तथा विकिपेडीयाको त्रिभुवननगरको अंग्रेजी पान्ना http://en.wikipedia.org/wiki/Tribuvannagar ले पनी मध्दत गर्न सक्छन ।

[परिवर्तन्] देउखुरी (राप्ती उपत्यका)

राप्ती उपत्यकाको रूपमा चिनिने यो उपत्यका को मुख्यनदी राप्ती नदी नै हो अन्य साना ठुला नदी तथा खोला हरू पनी अन्तत उपत्यका भित्रै या उपत्यका बहीर निस्केर राप्तीमै मिल्दछन । दाङ उपत्यकाको पुर्व तथा दक्षीणमा पर्ने यो उपत्यका पनी अन्न भण्डारका रूपमा चिनीएको छ । राप्ती नदीले चिरेर गएको यो उपत्यका लाइ नेपालको सबभन्दा लामो महेन्द्र राजमार्गले समेत बिचैबाट काट्रदै गएकाले शिक्षा शव्स्थ को पनी बिकास हुदैछ साथै लमही, भालुवाङ तथा कुसुम जस्ता वाणीज्य केन्द्रको पनी बिकास हुदै गइरहेको छ ।

[परिवर्तन्] चितवन उपत्यका (नरायणी पुर्वी राप्ती उपत्यका)

नेपालको मध्यभागमा पर्ने चितवन उपत्याका लाइ नारायणी पुर्बी राप्ती उपत्यका पनी भनीन्छ । पुर्वमा मकवानपुर जील्लाको हेटौडा देखी पस्चीममा दाउन्ये पाहाड तथा दक्षीणमा माडी उपत्याका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुइ मुख्यनदी हरू नरायणी उत्तरबाट पस्चीम तर्फ बगेको छ भने राप्ती पुर्वबाट मध्यभाग हुदै पस्चीम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुइ प्रमुख नदी बाहेक उपत्यका को पुर्वमा लोथर र मनहरी खोला हरू प्रवाहीत भइ राप्ती नदीमा मिसीएका छन त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोला हरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पस्चीम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगल बाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनी नारायणी नदी मा मिसिएका छन । त्यसैगरी नारयणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका मा रहेकाछन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनी पस्चीम बाट पुर्व बगी नारायणी नदी मा मिल्दछन । चितवन उपत्यका मा नन्द भाउजु, विस हजारी ताल लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । याहांको बिसहजारी ताल बिश्व प्रिसिध्द सिमसार क्षेत्र समेत हो । ठुलो भुभाग जंगलै जंगल ले ढाकीएकको चितवन उपत्यका जैवीक विभिधतामा धनी मानीन्छ । चितवन राष्ट्रीय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यका मा रहेकाले चितवन काठमाण्डु र पोखरा पछी नेपालकै तेश्रो ठुलो पर्यटक गन्तव्य हो ।

बर्तमान नेपालमा चितवन उपत्यका को भुभाग दुइ अन्चल नारायणी र लुम्वीनी तथा तिन जील्ला चितवन,नवलपरासी तथा मकवानपुर मा प्रसासनीक बिभाजन मा परेको छ । पुर्वको हेटुडा बाट शुरू भइ पस्चीम दाउन्य पाहडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ । नारायणी नदी पस्चीम को भुभाग लुम्वीनी अंचल तथा नवलपरासी जील्ला तथा नारायणी नदीको पुर्वपट्टी चितवन जील्ला तथा सुदुर पुर्वी क्षेत्रमा मकवानपुर जील्ला का रूपमा रहेको छ । अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेक चितवन उपत्यका को मुख्य केन्द्रीय चितवन जील्लाको भुभाग जंगल कटान गरी २०१४ सालदेखी मानव बसोवास का लागी खुल्ला गरीएको हो । चितवन उपत्यका मा मुख्य दुइ नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणाली हरू खेत हरू सिंचित गर्न उपयो गरीएका छन । कृषी उध्धममा उपत्यका अग्रणी मानीन्छ ।

नेपालको पुर्वपस्चीम जोडने महेन्द्र राजमार्ग को लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटुडा देखी दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनी नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पुर्वीक्षेत्र हेटुडा हुदै काठमाण्डु गएको छ भने उपत्यका लाइ काठमाण्डु र पोखरा उपत्यका तथा देशको पाहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा भरतपुर रामपुर भरतपुर माडी सडक को भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी भरतपुर हेटौडा तथा रत्ननगर नगरपालीका भीत्रका शहरी सडक संजालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पाहाडी क्षेत्र सडक भरतपुर शक्तीखोर उपरदांग गढी साहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तीखोर सडक भरतपुर मेघोली सडक को केही खण्ड हेटुडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्र संग जोडीएको छ ।

संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबीधा यसउपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्यकेन्द्र रहेका छन । उध्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका मा तिन नगरपालीका भरतपुर,हेटौडारत्ननगर रहेका छन । भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उध्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जील्ला का जनतालाइ वाणीज्य सेवा दीइ रहेका छन । उपत्यका को झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालीका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसंख्या रहेको यो सहर नेपालकै काठमाण्डौ,पोखरा,ललीतपुर,विराटनगर,विरगंज तथा धरान पछीको साताै ठुलो सहर हो ।

त्यसैगरी चितवन उपत्यका को पुर्वी छेउमा अवस्थीत हेटौडा चितवन उपत्यकाको दोश्रो तथा ८४,८०० जनसंख्याका साथमा काठमाण्डौ,पोखरा,ललीतपुर,विराटनगर,विरगंज धरान भरतपुर महेन्द्रनगर तथा बुटवल पछी नेपालअधीराज्यकै दसनं. सहरको रूपमा रहेको छ । उध्योग कलकारखाना ले भरीपुर्ण हेटौडा देशकै प्रमुख इन्डस्ट्रीयल सिटी हो । उपत्यकाको तेश्रो केन्द्र रत्ननगर पयर्टक हरूको चितवन राष्ट्रीय निकुन्ज पस्ने प्रवेशद्वार हो । चितवन उपत्यका सम्बन्धी अझ बढी जानकारी निम्न वेभसाइट मार्फत पाउन सकीने छ । www.ddcchitwan.gov.np http://www.iaasrampur.edu.np/ http://www.cmsnepal.edu.np/pages/aboutinst.htm http://www.shivaniair.com/ http://www.cmc.edu.np http://www.bpkmch.org.np http://en.wikipedia.org/wiki/Bharatpur%2C_Nepal www.bharatpurmun.org.np www.travelpost.com/AS/Nepal/Narayani/Bharatpur http://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A4%B0%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%28%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%29

[परिवर्तन्] माडी उपत्यका (चितवन) (रिउ उपत्यका)

मध्यनेपालको चितवन उपत्यका को दक्षीणमा रहको माडी उपत्यकालाइ रिउ उपत्यका पन भनिन्छ यस उपत्यका को प्रमुखनदी रिउहो । क्षेत्रफलमा सारै सानो यस उपत्यका को ठुलो भुभाग चितवन राष्ट्रीय निकुन्जमा पर्दछ पुर्व उत्तर तथा पस्चीममा चुरेपाहाड दक्षीणमा सोमेस्वर पाहडले घेरीएको माडी उपत्यका प्रसासनी संरचनामा चीतवन जील्ल अन्तर्गत पर्दछ र याहां चार वटा गांउ बिकास समिती रहेका छन । राष्ट्रीय निकुन्ज काटेर भित्र पस्नु पर्ने भएकाले पनी यो उपत्यका को समुचीत बिकास हुन सकेको छैन । तर केही बिधालय उच्चमाध्यामीक बिधालय तथा एक क्यमपस समेत रहेको यस उपत्यका को केन्द्र बसन्तपुर बजार हो । भरतपुर लाइ जोडने सडकको बिचमा पर्ने राप्ती नदीमा पक्की पुल बनेपछी यो उपत्यका को याता यात केही सहज भएको छ भने रिउ नदी मा निर्माणधीन पुल अझै बनेर सकीएको छैन भने अन्य साना ठुला खोलामा पनी पुल बनउन बाकीनै छ । यस उपत्यका लाइ पुर्व दक्षीण तीर जीतपुर ठोरी तथा भारतीय सिमा सम्म जोडने अर्को एक कच्ची सडक समेत रहेको छ ।

[परिवर्तन्] सिन्धुली उपत्यका (मरीनखोला उपत्यका )

सिन्धुली उपत्यकालाइ मरीनखोला खोला उपत्यका पनी भनीन्छ वाग्मती नदी काटेपछीको पाहडी क्षेत्रको पुर्वपट्टी मरीनखोला उपत्यका शुरूहुन्छ मरीन खोला ले बनाएको यो सांगुरो उपत्यका पुर्वमा कमला त्रियुगा उपत्यका का डांडा सम्म पुगेको छ । अझै सम्म कमै मात्र बिकासका संरचना देख्न पाएको यो उपत्यका मकवानपुर जील्ला (पस्चीम)तथा सिन्धुली जील्ल (पुर्व ) मा विभाजीत छ ।

[परिवर्तन्] उदयपुर उपत्यका (कमला उपत्यका)

कमला नदी सिंचीत यो उपत्यका को मुख्य नदी पनी कमलानै हो तर त्रियुगा लगायतका अन्य नदी हरू पनी याहां प्रवाहीत छन । उत्तरमा माहाभारत तथा दक्षीणामा चुरेपाहाडको सबैभन्दा होचो खन्डले घेरीएको यो उपत्यका सगरमाथा र जनकपुर अन्चल तथा सिन्धुली र उदयपुर दुइ जील्लको प्रसासनीक संरचना मा रहेको छ । सिन्धुली (कमलामाइ) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालीका भएको यस उपत्यकामा कटारी घुर्मी , भिमान लगायतका बजार समेत छन महेन्द्रराजमार्गको लाहान बाट गाइघाट हुदै माथी जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पस्चीम खन्डमा काठमाण्डु जोडन बनइदै गरेको वि पि कोइराला राजमार्ग (वर्दीवास धुलीखेलराजमार्ग) ले उपत्यकाको यातायत सुचारू छ । तर दुइर् महत्वपुर्ण सहरी क्षेत्र सिन्धुली माढी (कमलामाइ) र गाइघाट (त्रियुगा ) जोडने पुरानो सडकमार्ग अझैपनी कच्ची नै रहेको छ । ६९,३४० जनसंख्या रहेको त्रियुगा नगरपालीका (गाइघाट) यो उपत्यका को सबैभन्दा ठुलो सहर हो भने ३६,४४० जनसंख्या भ्एको सिन्धुलीमाढी (कमलामाइ) दोश्रो ठुलो सहर हो । फलफुल तथा खेतीपातीको उत्पादनका लागी प्रसीद्व यो उपत्यका द्रुत गतीमा बिकास भइरहेको छ ।

Retrieved from "http://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80_%E0%A4%AE%E0%A4%A7%E0%A5%87%E0%A4%B6"


aa - ab - af - ak - als - am - an - ang - ar - arc - as - ast - av - ay - az - ba - bar - bat_smg - bcl - be - be_x_old - bg - bh - bi - bm - bn - bo - bpy - br - bs - bug - bxr - ca - cbk_zam - cdo - ce - ceb - ch - cho - chr - chy - co - cr - crh - cs - csb - cu - cv - cy - da - de - diq - dsb - dv - dz - ee - el - eml - en - eo - es - et - eu - ext - fa - ff - fi - fiu_vro - fj - fo - fr - frp - fur - fy - ga - gan - gd - gl - glk - gn - got - gu - gv - ha - hak - haw - he - hi - hif - ho - hr - hsb - ht - hu - hy - hz - ia - id - ie - ig - ii - ik - ilo - io - is - it - iu - ja - jbo - jv - ka - kaa - kab - kg - ki - kj - kk - kl - km - kn - ko - kr - ks - ksh - ku - kv - kw - ky - la - lad - lb - lbe - lg - li - lij - lmo - ln - lo - lt - lv - map_bms - mdf - mg - mh - mi - mk - ml - mn - mo - mr - mt - mus - my - myv - mzn - na - nah - nap - nds - nds_nl - ne - new - ng - nl - nn - no - nov - nrm - nv - ny - oc - om - or - os - pa - pag - pam - pap - pdc - pi - pih - pl - pms - ps - pt - qu - quality - rm - rmy - rn - ro - roa_rup - roa_tara - ru - rw - sa - sah - sc - scn - sco - sd - se - sg - sh - si - simple - sk - sl - sm - sn - so - sr - srn - ss - st - stq - su - sv - sw - szl - ta - te - tet - tg - th - ti - tk - tl - tlh - tn - to - tpi - tr - ts - tt - tum - tw - ty - udm - ug - uk - ur - uz - ve - vec - vi - vls - vo - wa - war - wo - wuu - xal - xh - yi - yo - za - zea - zh - zh_classical - zh_min_nan - zh_yue - zu -