Web Analytics Made Easy - Statcounter

See also ebooksgratis.com: no banners, no cookies, totally FREE.

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
Privacy Policy Cookie Policy Terms and Conditions
इलाम जिल्ला - Wikipedia

इलाम जिल्ला

नेपाली विकिपीडियाबाट

इलाम जिल्ला
अञ्चल: मेची अञ्चल
सदरमुकाम: इलाम नगरपालिका
क्षेत्रफल: १,७०३ वर्ग कि.मि.
जनसङ्ख्या: १,१५,८९४
गाविस सङ्ख्या:
नगरपालिका(हरू): इलाम नगरपालिका
प्रतिनिधि सभा निर्वाचन क्षेत्र सङ्ख्या:
भौगोलिक अवस्थिति: पहाड
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंच उचाई: मिटर
प्रमुख जनजातीहरू: बाहुन, क्षेत्री, लिम्बु, किराँत, राई, भोटे, लेप्चा
प्रमुख भाषाहरू: नेपाली, राई, लिम्बु
मानव विकास सुचाङ्क स्थिति: ११ (७५ जिल्लहरू मध्ये)
टेलिफोन कोड: २७
 हे     
नेपालको राजनैतिक विभाजन
पूर्वाञ्चल
मेची: झापा इलाम पाँचथर ताप्लेजुङ
कोशी : मोरङ सुनसरी धनकुटा तेरथुम भोजपुर सङ्खुवासभा
सगरमाथा : सप्तरी सिराहा उदयपुर खोटाङ ओखलढुंगा सोलुखुम्बु
मध्यमाञ्चल
जनकपुर : धनुषा महोत्तरी सर्लाही सिन्धुली रामेछाप दोलखा
बागमती : काठमाण्डौ ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक
धादिङ नुवाकोट सिन्धुपाल्चोक रसुवा
नारायणी : रौतहट बारा पर्सा मकवानपुर चितवन
पश्चिमाञ्चल
गण्डकी : गोर्खा तनहुँ स्याङ्जा लमजुङ कास्की मनाङ
लुम्बिनी : नवलपरासी रुपन्देही कपिलबस्तु पाल्पा अर्गाखाँची गुल्मी
धवलगिरी : पर्वत वाग्लुङ म्याग्दी मुस्ताङ
मध्यपश्चिमाञ्चल
राप्ती : दाङप्युठानरोल्पासल्यानरुकुम
कर्णाली : डोल्पाजुम्लाकालिकोटमुगूहुम्ला
भेरी : बाँकेबर्दियासुर्खेतदैलेखजाजरकोट
सुदुरपश्चिमाञ्चल
सेती : कैलालीडोटीअछामबाजुराबझाङ
महाकाली : कञ्चनपुरडडेलधुराबैतडीदार्चुला
 हे     

विषयसूची

[परिवर्तन्] परिचय र अवस्थिति

इलाम जिल्ला नेपालका पचहत्तर जिल्लामध्ये सबैभन्दा पूर्वमा अवस्थित एक रमणीय जिल्ला हो। यसको सिमाना दक्षिणमा झापा, मोरङ, पश्चिममा धनकुटा, तेह्रथुम, उत्तरमा पाँचथर जिल्ला तथा पूर्वमा भारतको दार्जीलिङ तथा सिक्किमसित जोडिएको छ। करिब १७०३ वर्ग कि.मी. क्षेत्रफल रहेको यस जिल्लाको जनसंख्या करिब ३ लाख रहेको छ।

[परिवर्तन्] बासिन्दा र हावापानी

लाप्चे, लिम्बू, राई, तामाङ, गुरुङ, शेर्पा, क्षत्री, ब्राह्मण, नेवार आदि सम्प्रदायका मानिसहरू यस जिल्लामा बसोबास गर्दछन्। सन्तपुर (सन्दक्पुर) ३०००मी., छिन्तापु, श्रीअन्तु, सिद्धिथुम्का जस्ता रमणीय पहाडहरू यस जिल्लामा रहेका छन् जहाँ सयौं प्रजातिका चारहरू तथा विश्वकै दुर्लभ मानिएका रेड पाण्डा, दुम्सी, सालक लगायतका जनावरहरू पाइन्छन्।

[परिवर्तन्] धार्मिक तथा पर्यटकीय स्थानहरू

सेती देवी, पञ्चकन्या, सिंहवाहिनी, पाथीभरा, गजुरमुखी आदि धार्मिक तथा कन्याम, करफोक, मंगलबारे आदि पर्यटकीय स्थान इलामले समेटेको छ। सबै भाग पहाडी भेकमा पर्ने यस जिल्लाको प्राकृतिक सौन्दर्यका कारण विस्तारै पर्यटकीय गन्तव्यको रूपमा इलाम चिनिँदैछ। नौ कुना भएको माई पोखरी तथा टोड्के झरना हेर्न पर्यटकहरूको ओइरो लाग्ने गर्दछ। हरियाली युक्त चियाबारी भएको कन्याम डाँडामा वनभोज खानेहरूको ताँती लाग्ने गर्दछ।

[परिवर्तन्] व्यापार व्यवसाय

कृषि तथा पशुपालन इलामको मुख्य पेशा भएपनि व्यापारले पनि मुख्य पेशाको स्थान लिएको छ। फिक्कल, पशुपतिनगर, नयाँबजार, मङ्गलबारे, देउराली यहाँका मुख्य व्यापारिक केन्द्रहरू हुन्। इलाम बजार जिल्ला सदरमुकाम हो जुन राजधानीदेखि करिब ६५० कि.मी. को दूरीमा अवस्थित छ। चिया पत्ती, अलैँची, अदुवा, आलु, दूध यहाँका मुख्य कृषि उपज हुन्। इलाममा हाल १० भन्दा बढी चिया प्रशोधन कारखानाहरू रहेका छन्। इलामको अर्थोडक्स चिया युरोप र अष्ट्रेलियाली बजारमा निकै लोकप्रिय छ। यसका अतिरिक्त पशुपालन खासगरी गाइपालन पेशा इलाममा फष्टाएको पेशा हो। प्राचिन समयमा यहाँ बेलायती तथा स्थानीय जातका गाइबस्तुहरू पाल्ने गरिन्थ्यो भने अहिले आएर जर्सी, होलेस्टेन जातका गाइ पाल्ने प्रचलन रहेको छ। पशुपालनमा बाख्रा तथा उच्च हिमाली भेकमा भेडा पनि पाल्ने गरिन्छ जुन खासगरी मासुका लागि खपत हुन्छ। हाँस, कुखुरा, सुँगुर, माछा पालनको चलन पनि बढ्दो रहेको छ। व्यापारमा कृषि उपजको अतिरिक्त लत्ता कपडा एवं दैनिक उपभोगका सामानहरू स्थानीय बजारमा विक्री वितरण हुन्छ। तेस्रो मुलुकबाट उत्पादित विद्यूतीय उपकरण, जुत्ता, फेन्सी कपडा, छाता आदि सामान किन्न सीमास्थित बजारहरू भारतीय ग्राहकहरूले भरिएका हुन्छन्। यहाँको हरियालीयुक्त वातावरण का कारण विस्तारै पर्यटन पनि उद्योगको रूपमा फस्टाउने संकेत देखा परेको छ।

[परिवर्तन्] विकास तथा पूर्वाधार

इलामलाई विकसित पहाडी जिल्लाको रूपमा लिइन्छ। यहाँका बासिन्दाहरूले खाद्य बाली भन्दा नगदे बालीको खेती धेरै गरेकाले तीव्र आर्थिक विकास गरेका हुन्। विगत बीस बर्षमा यस जिल्लाले राम्रो आर्थिक उन्नति गरेको छ। जिल्ला बासीहरूले आफ्नै श्रमले गाउँ गाउँसम्म मोटर बाटो पुर्‍याएका छन्। जिल्लाको मुख्य बाटो मेची राजमार्गले छोएका केही गाउँमा केन्द्रीय विद्युत् प्रशारण पुगेको भएता पनि अधिकांश स्थानमा मानिसहरूले पेल्ट्रिक सेट तथा सौर्य उर्जाबाट बिजुली निकालेर प्रयोग गरेका छन्।

[परिवर्तन्] इलामका ४८ गाविसहरू

इलामका ४८ गाउँ विकास समिति तथा १ नगरपालिका यस बमोजिम छन्।
आमचोक, इभाङ, इरौंटार, एकतप्पा, कन्याम, कोल्बुङ, गजुरमुखी, गोदक, गोर्खे, चमैता, चिसापानी,चुलाचुली, जमुना, जिर्मले, जीतपुर, जोगमाई, दानावारी, देउराली (इलाम), धुसेनी, नयाँबजार, नाम्सालिङ, पञ्चकन्या, पशुपतिनगर, पुवामझुवा, प्याङ, फाकफोक, फिक्कल, फुँएतप्पा, बरबोटे, बाँझो, मंगलबारे‌, महमाइ, माइपोखरी, माइमझुवा, मावु, लक्ष्मीपुर, लुम्दे,शान्तिडाँडा, शान्तिपुर, श्रीअन्तु, समालबुङ, साँखेजुङ, साकफारा, साङ्गरूम्बा, सिद्धिथुम्का, सुम्बेक, सुलुबुङ, सोयाक,सोयाङ,र इलाम नगरपालिका

[परिवर्तन्] यो पनि हेर्नुहोस्

नेपालको क्षेत्रिय बर्गिकरण

[परिवर्तन्] श्रोतः

  • केन्द्रीय तथ्याङ्क विभाग
  • इलाम दर्पण,
  • हरियाली दर्पण इलाम
  • बिभिन्न पत्र-पत्रिकामा प्रकशित् लेखहरू


aa - ab - af - ak - als - am - an - ang - ar - arc - as - ast - av - ay - az - ba - bar - bat_smg - bcl - be - be_x_old - bg - bh - bi - bm - bn - bo - bpy - br - bs - bug - bxr - ca - cbk_zam - cdo - ce - ceb - ch - cho - chr - chy - co - cr - crh - cs - csb - cu - cv - cy - da - de - diq - dsb - dv - dz - ee - el - eml - en - eo - es - et - eu - ext - fa - ff - fi - fiu_vro - fj - fo - fr - frp - fur - fy - ga - gan - gd - gl - glk - gn - got - gu - gv - ha - hak - haw - he - hi - hif - ho - hr - hsb - ht - hu - hy - hz - ia - id - ie - ig - ii - ik - ilo - io - is - it - iu - ja - jbo - jv - ka - kaa - kab - kg - ki - kj - kk - kl - km - kn - ko - kr - ks - ksh - ku - kv - kw - ky - la - lad - lb - lbe - lg - li - lij - lmo - ln - lo - lt - lv - map_bms - mdf - mg - mh - mi - mk - ml - mn - mo - mr - mt - mus - my - myv - mzn - na - nah - nap - nds - nds_nl - ne - new - ng - nl - nn - no - nov - nrm - nv - ny - oc - om - or - os - pa - pag - pam - pap - pdc - pi - pih - pl - pms - ps - pt - qu - quality - rm - rmy - rn - ro - roa_rup - roa_tara - ru - rw - sa - sah - sc - scn - sco - sd - se - sg - sh - si - simple - sk - sl - sm - sn - so - sr - srn - ss - st - stq - su - sv - sw - szl - ta - te - tet - tg - th - ti - tk - tl - tlh - tn - to - tpi - tr - ts - tt - tum - tw - ty - udm - ug - uk - ur - uz - ve - vec - vi - vls - vo - wa - war - wo - wuu - xal - xh - yi - yo - za - zea - zh - zh_classical - zh_min_nan - zh_yue - zu -