स्याङ्जा
नेपाली विकिपीडियाबाट
स्याङ्जा जिल्ला | |
अञ्चल: | गण्डकी अञ्चल |
---|---|
सदरमुकाम: | स्याङ्जा बजार |
क्षेत्रफल: | १,१६४ वर्ग कि.मि. |
जनसङ्ख्या: | ३,१७,२११ |
गाविस सङ्ख्या: | ६० |
नगरपालिका(हरू): | पुतलीबजार नगरपालिका, वालिङ् नगरपालिका |
प्रतिनिधि सभा निर्वाचन क्षेत्र सङ्ख्या: | ३ |
भौगोलिक अवस्थिति: | पहाडी प्रदेश |
सबैभन्दा अग्लो उचाई: | २,५१२ मिटर |
सबैभन्दा होंच उचाई: | ३६६ मिटर |
प्रमुख जनजातीहरू: | बाहुन, क्षेत्री, मगर, गुरूङ, नेवार |
प्रमुख भाषाहरू: | नेपाली, मगर, गुरूङ भाषा |
मानव विकास सुचाङ्क स्थिति: | ७ (७५ जिल्लहरू मध्ये) |
टेलिफोन कोड: | ०७१ |
नेपालको राजनैतिक विभाजन | |
---|---|
पूर्वाञ्चल | |
मेची: झापा इलाम पाँचथर ताप्लेजुङ | |
कोशी : मोरङ सुनसरी धनकुटा तेरथुम भोजपुर सङ्खुवासभा | |
सगरमाथा : सप्तरी सिराहा उदयपुर खोटाङ ओखलढुंगा सोलुखुम्बु | |
मध्यमाञ्चल | |
जनकपुर : धनुषा महोत्तरी सर्लाही सिन्धुली रामेछाप दोलखा | |
बागमती : काठमाण्डौ ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक धादिङ नुवाकोट सिन्धुपाल्चोक रसुवा |
|
नारायणी : रौतहट बारा पर्सा मकवानपुर चितवन | |
पश्चिमाञ्चल | |
गण्डकी : गोर्खा तनहुँ स्याङ्जा लमजुङ कास्की मनाङ | |
लुम्बिनी : नवलपरासी रुपन्देही कपिलबस्तु पाल्पा अर्गाखाँची गुल्मी | |
धवलगिरी : पर्वत वाग्लुङ म्याग्दी मुस्ताङ | |
मध्यपश्चिमाञ्चल | |
राप्ती : दाङ । प्युठान । रोल्पा । सल्यान । रुकुम | |
कर्णाली : डोल्पा । जुम्ला । कालिकोट । मुगू । हुम्ला | |
भेरी : बाँके । बर्दिया । सुर्खेत । दैलेख । जाजरकोट | |
सुदुरपश्चिमाञ्चल | |
सेती : कैलाली । डोटी । अछाम । बाजुरा । बझाङ | |
महाकाली : कञ्चनपुर । डडेलधुरा । बैतडी । दार्चुला | |
स्याङ्जा जिल्ला नेपाल अधिराज्यको पश्चिमाञ्चल विकास क्षेत्र अर्न्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडि जिल्ला हो । यसको सदरमुकाम स्याङ्जा पुतलीबजार नगरपालीका हो ।
विषयसूची |
[परिवर्तन्] परिचय
[परिवर्तन्] ईतिहास
नेपाल एकीकरण पूर्व चौविसे राज्य अन्तर्गत हाल स्याङ्जा जिल्लाले ओगटेको क्षेत्रमा ६ टुक्रे रजौटाहरू गह्रौ, भीरकोट, सतौ, नुवाकोट, ढोर र पैयू अस्तित्वमा थिए । हाल ढोरको धेरै भाग र पैयू क्रमशः तनहू र पवर्तमा विलय भएका छन्।
[परिवर्तन्] जनसंख्या
राष्ट्रिय जनगणना २०५८ अनुसार स्याङ्जा जिल्लाको कूल जनसंख्या ३,१७,२११ जना मध्ये पुरुष १,४३,५९२ जना र महिला १,६३,६१४ रहेका छन् । जिल्लाभरी ५९,१८६ घर तथा ६४,८८८ परिवार रहेका र ब्राह्रमण ३२.९%, मगर २१.२%, क्षेत्री ११.२%, गुरुङ् १०%, कामी ६.५%, सार्की ३.२%, दमैं ३.२%, नेवार २.९%, ठकूरी २.७%, र्घर्ति २.२ %, सन्यासी ०.७ %, मुस्लिम ०.६ %, कूमाल ०.३ % र अन्य २.४ % मा विभाजित रहेका छन् । यी विभिन्न जातजातिहरु परापूर्वकालदेखि नै आपसी सौहादर्रता र मित्रता कायम राखि बसोबास गरेका र जातिय विविधता अगाल्दै नेपाली भाषा प्रायः सबैले बुझ्ने गर्दछन् ।
[परिवर्तन्] भौगोलिक अवस्था
नेपाल अधिराज्यको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम स्याङजा पुतली वजार न.पा. ८५० मिटर उचाइमा आँधिखोलाको किनारमा रहेको छ । यस जिल्लाका छिमेकी तथा किल्लाकारुपमा कास्की, पर्वत, तनहुँ, गुल्मी र पाल्पा जिल्लाहरु रहेका छन् । स्याङ्जा जिल्ला समुन्द्री सतहबाट ३६६ मिटर देखि २,५१२ मिटरसम्मको उचाईमा अवस्थित छ । भौगोलिक विवरण अनुसार कुल ११६४ वर्ग कि.मी. मा फैलिएको यस जिल्ला ८३', २७" देखि ८४' पूर्व ४६" देशान्तर र २७' ५२" देखि २८' १३" उत्तरी अक्षांशभित्र फैलिएको छ । जिल्ला भित्र ६० वटा गा.वि.स.,२ वटा नगरपालिका, ३ वटा निर्वाचन क्षेत्र र १५ वटा इलाका रहेका छन् ।
[परिवर्तन्] आर्थिक अवस्था
[परिवर्तन्] कृषि
स्याङ्जा जिल्लाको जम्मा १,०२,०८७ हेक्टर जमिन रहेकोमा कृषिका लागि खेतियोग्य जमिन ७६,५२० हेक्टर रहेकोमा जम्मा ४७,९४२ हेक्टरर जमिनमा मात्र खेती गरिएको छ, जसमध्ये खेततर्फ १६,१७८ हे. र पाखो तर्फ ३१,७६४ हे. रहेको छ । फलफूल तर्फ सुन्तला, मौसमी र वेमौसमी तरकारी उत्पादन, कफी खेती, सदन बाली विकास कार्यक्रम, मौरीपालन तथा रेशम खेती विकास कार्यक्रम, दिगो भू-वयवस्थापन र साना सिंचाई कार्यक्रम प्रमुख रुपमा संञ्चालनमा ल्याइएकोछ । सुन्तला, उखु, कफी, गोलभेंडा, अदुवा र दुग्ध उत्पादन यहाँका कृषकहरुको आयआर्जनको प्रमुख स्रोतको रुपमा रहेको छ ।
[परिवर्तन्] यातायात
स्याङ्जा जिल्लाको करिब करिब मध्य भागमा उत्तर दक्षिण भएर सिद्धार्थ राजमार्ग अवस्थित छ । उक्त रामजार्गको सबैभन्दा धेरै अंश, ७० कि.मि. यसै जिल्लामा पर्दछ । सिद्धार्थ राजमार्गमा जोडिने गरि बिभिन्न जिल्ला तथा ग्रामीण सडकहरू निर्माण भएका छन् । यस जिल्लाको ५८७ कि.मि. स्थानीय सडक मध्ये करिब ४४५ कि.मि. सडकमा कात्तिक महिनादेखि जेठ महिनासम्म यातायत सञ्चालन हुन्छ ।
[परिवर्तन्] सञ्चार
सञ्चारका विविध साधनहरु मध्ये यस जिल्लामा हुलाक, टेलिफोन, आकाशवाणी, टि.भि., रेडियो तथा निजी क्षेत्रका पत्रपत्रिका पनि प्रकाशनमा छन्, हुलाक तर्फ जिल्ला हुलाक १, १२ वटा इलाका हुलाक, टेलिफोन तर्फ सदरमुकाममा ४०० लाईन, ५१२ लाईन क्षमताको एक्सचेन्जबाट, वालिङमा २११ लाईन र गल्याङ्मा ११६ लाईन वितरण भएकाछन् ।जिल्लाका ३१ वटा गा.वि.स मा मार्टस प्रणाली उपलव्ध छ । वालिङको गह्रौंसुरस्थित टेलिफोन टावरमा माओवादीबाट आक्रमण भएका कारण केहि समयदेखि सञ्चार सुविधा अवरुद्ध भई वालिङ् क्षेत्रमा लोकल टेलिफोन कलको व्यवस्था सञ्चालित छ । अत्यावश्यकिय सेवाकोरुपमा ती क्षेत्रका लागि १२ लाईन टेलिफोन पाल्पाबाट STD/ISD सेवा उपलव्ध गराईएको छ । आकासवाणी, टि.भि., रेडियोका हकमा घरघरमा आवश्यकतानुसार सञ्चालनमा आएका छन । पत्रिका तर्फ विचार साप्ताहिक, समय साप्ताहिक, स्याङ्जा सन्देश पाक्षिक,स्याङ्जा एक्सप्रेस, सत्यदुत साप्ताहिक जस्ता स्थानीय पत्रपत्रिका प्रकाशनमा आएका छन । हाल आएर कम्प्युटर तथा ईन्टरनेट सेवामा पनि उल्लेखनिय बृद्धि भएको छ ।
[परिवर्तन्] शिक्षा
हाल यस जिल्लामा र्सार्वजानिक र नीजि गरी प्रा.वि. ५६०, नि.मा.वि. १५८, मा.वि. ९० उच्च मा.वि./क्याम्पस २४० वटा गरी जम्मा ८३२ संस्थामा १,०८,१११ विद्यार्थीहरु लाभान्वित हुन पुगेका छन् भने निरक्षरता घटाउने, लैंगिक विभेद हटाउने, शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने, विद्यालयहरुको भौतिक सुधार गर्ने, निःशुल्क पाठ्य पुस्तक वितरण गर्ने, राष्ट्रिय छात्रावृत्ति उपलब्ध गराउने, महिला शिक्षा कार्यक्रम र सामुदायिक वितरण गर्ने, राष्ट्रिय छात्रावृत्ति उपलब्ध गराउने, महिला शिक्षा कार्यक्रम र सामुदायिक विद्यालय सहयोग कार्यक्रम जस्ता क्षेत्रहरुमा कार्यक्रम केन्द्रीत गरी सञ्चालनमा ल्याइएको देखिएको छ ।
[परिवर्तन्] विद्युत
जिल्लाका २ न.पा. र ६० गा.वि.स. हरुमध्ये आँधीखोला जलविद्युत केन्द्र तथा बुटवल पावर कं.प्रा.लि. बाट १ न.पा. र १९ गा.वि.स. मा र नेपाल विद्युत प्राधिकरण स्याङ्जाले १ न.पा. र २० गा.वि.स. मा गरी जम्मा २ न.पा. र ३९ गा.वि.स. का साढे सत्र हजार ग्राहकहरुलाई मात्र सुविधा पुर्याई आएका छन् । यसरी जिल्लाका कूल घरधुरीको ५३.३२% ले मात्र विद्युत सेवा उपभोग गर्न पाएका छन् ।
[परिवर्तन्] पर्यटकीय स्थलहरू
[परिवर्तन्] छाङ्गछाङ्गदी
श्री स्वस्थानी ब्रत कथामा आधारित सतीदेवीको अंग पतन भएको स्थल, छायां क्षेत्रको रुपमा समेत परिचित पवित्र तीर्थ स्थल सदरमुकाम वाट १८ किलो मीटर दक्षिण सिर्द्धार्थ राजमार्गमानै पर्छ ।
[परिवर्तन्] पंचासे डांडा
समुद्र सतहबाट २५१२ मीटरको उचाईमा रहेको जिल्लाको अग्लो स्थान र बालाचतुर्दशीको दिन मेला लाग्ने स्थान सदरमुकामबाट ३० किलो मीटर उत्तर पश्चिममा पर्छ । यो स्थान स्याङ्जा कास्की र पर्वत जिल्लाको सीमामा एक पर्यटकीय स्थानको रुपमा रहेको छ ।
[परिवर्तन्] अन्धाअन्धी दह
चिलाउनेबास गा.वि.स.मा पर्ने प्रसिद्ध दह सदरमुकामबाट २८ किलो मीटर उत्तर पश्चिममा पर्छ । त्रेतायुगमा श्रवणकुमारले आफना अन्धा बाबु आमालाई तीर्थ घुमाउने क्रममा यस ठाउँमा आई पुगे पछि बाबु आमालाई पानी खुवाउन स्थानीय दहमा गाग्रो डुबाउंदा निस्केको आवाजलाई मृगको आवाज समझी राजा दशरथले त्यस तर्फ वाण चलाउँदा श्रवणकुमारको मृत्यु भएको र राजा दशरथ पानी लिएर जादां श्रवणकुमारका बाबु आमाले सबै कुरा थाहा पाएर राजा दशरथलाई तिम्रो पनि छोराको बिछोडको पीरले मृत्यु होस् भनि श्राप दिई दुबै जना त्यहीं रुँदारुँदै मरेका हुँदा उनीहरुको आँसुबाट दहको उत्पति भएकोले त्यस दहको नाम अन्धाअन्धी दह रहन गएको किम्बदन्ती रहेको छ । यसै दहलाई स्याङ्जाको प्रसिद्ध नदी आँधीखोलाको मुहान मानिन्छ ।
[परिवर्तन्] राधा दामोदर आश्रम
सांखर गा.वि.स.मा पर्ने पसिद्ध तीर्थ स्थल सदरमुकामबाट ५७ किलो मीटर दक्षिण पूर्वमा पर्छ ।
[परिवर्तन्] चण्डीकालीका
सांखर गा.वि.स.मा पर्ने पसिद्ध तीर्थ स्थल सदरमुकामबाट ५७ किलो मीटर दक्षिण पूर्वमा पर्छ ।
[परिवर्तन्] राम्दी घाट
काली गण्डकीको किनारमा रहेको प्रसिद्ध धार्मिक स्थल सदरमुकामबाट ५२ किलो मीटर दक्षिणमा पर्छ ।
[परिवर्तन्] आलम देवी
शाहवंशका कुलदेवीका रुपमा रहेकी आलम देवी देशकै महत्वपूर्ण धार्मिक स्थल सदरमुकामबाट किलो मीटर दक्षिण पश्चिममा पर्छ ।यस जिल्लाको पर्यटन स्थललाई हेर्र्दा ग्रामीण पर्यटनको दृष्टिकोणले नमूना गाउँको रुपमा रहेको पञ्चमूल सिरुवारी, कोल्मा वराहचौर, नुवाकोट डाञडा र चित्रे भञ्ज्याङ्ग गा.वि.स.मा रहेको गह्रौकोटलाई साँस्कृतिक तथा पर्यटकीय स्थलको रुपमा लिईन्छ ।