ताजमहल
नेपाली विकिपीडियाबाट
ताजमहल विश्वको ७ आश्चर्यहरू मध्येको एक हो । सम्राट शाहजहाँले आफ्नी रानी मुमताज लाई आफ्नो प्रेमको अभिव्यक्ति गर्नको लागि यो सुन्दर स्मारक को निर्माण गर्न लगाएका थिए । यो भारतको उत्तर प्रदेशको आगरा शहरमा अवस्थित छ ।
ताजमहल निर्माण गर्न १७ बर्ष लाग्यो जसका लागि २०,००० कामदारहरूले काम गरे । कामदारहरू भारत लगाय पर्सिया तथा तुर्कीका थिए । उक्ति अनुसार यो महल बनिसकेपछि कामदारहरूको हात काटिदिएका थिए ।