Web Analytics Made Easy - Statcounter

See also ebooksgratis.com: no banners, no cookies, totally FREE.

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
Privacy Policy Cookie Policy Terms and Conditions
सेतुराम - Wikipedia

सेतुराम

नेपाली विकिपीडियाबाट

आदिगायक सेतुराम प्रधान संवत् १९४० सालमा काठमाडौँको असन, कमलाक्षीमा जन्मेका थिए । कृष्णधर र हरिदेवीका तीन सन्तानमध्ये सेतुराम कान्छा थिए । सेतुराम सानैमा 'हुने बिरुवाको चिल्लो पात' देखिन्थे । सेतुराम बाल्यकालदेखि नै गीत गुनगुनाउने गर्थे । उनी आफ्ना बाबु कृष्णधरको पछि लागेर कहीँ कतै पुग्दा हार्मोनियम भेटे भने त्यहीँ पनि पलेँटी कसेर बजाउन थालिहाल्थे र आफूलाई गीतमा डुबाउँथे । सेतुराम प्रधानको घरपरिवार नै सङ्गीतमय थियो । त्यस घरमा जोकोही पुगे पनि सङ्गीतको पारख गरेर मात्र र्फकने गथ्यो । सेतुरामका दाजु कृष्णदासलगायत घरपरिवारका प्रायः सबै सदस्य सङ्गीतमा झुकाउ राख्थे । त्यसै गरी सेतुरामकी दिदी राममाया पनि गायनमा रुचि राख्थिन् । सेतुरामचाहिँ गायनकलामा बाल्यकालदेखि नै मन, वचन र कर्मले समर्पित थिए । कृष्णधरले आफ्ना छोराको गायनयात्राका लागि प्रशिक्षकलगायत आवश्यक सामग्री पनि जुटाइदिएका थिए । त्यतिखेर पढ्न-लेख्नभन्दा गीत गाउनैमा सेतुराम चाख राख्थे । उनले पढ्न पनि जानेका थिए । पढाइचाहिँ उनको स्वाध्ययन थियो । उनी स्कुले शिक्षाका नभएर वैयक्तिक ज्ञानका उपज थिए । उनी सबैसँग मिलेरै कुरा गर्थे, मिलेरै व्यवहार गर्थे र मिलेरै आफ्नो कामधन्दा गर्थे । मिलनसारिता उनको गुण थियो । सेतुरामले आफ्ना बुबाआमा, दाजु र दिदीहरूबाट गीत गाउन प्रोत्साहन पाए । वास्तवमा त्यस बेला एकोहोरो सङ्गीतमा लाग्ने मान्छे समाजका लागि इज्जतदार हुँदैनथ्यो । तैपनि सेतुरामले चाहिँ त्यस क्षेत्रमा पनि राम्रो सम्मान पाए । सेतुराम आठ-नौ वर्षकै उमेरमा काठमाडौँ उपत्यकामा गीतगायनका जुनसुकै कार्यक्रममा पुग्थे । उनी गीत गाउन पुगेका जुनसुकै टोलमा मान्छेको घुइँचो लाग्थ्यो । सेतुराम सानोमा गोर्‍हो अनुहारका थिए । सेता भएकैले उनलाई सेतुराम भन्ने गरिएको थियो । किशोरावस्थाले डाँडो काट्ता-नकाट्तै सेतुराम हेर्दा खाइलाग्दा देखिन्थे । साथै उनी बोल्दा सबै मक्ख पर्थे । त्यति मात्र होइन, उनको रहनसहन, लगाइखवाइ, बोलीचाली, हिँडाइडुलाइ पनि आकर्षक देखिन्थ्यो । उनी मध्यमवर्गीय परिवारका थिए उनका अविभावकको पेसा भाँडाकुँडाको व्यापार थियो । सेतुरामले संवत् १९६५ मा कोलकातामा पुगेर गीत रेकर्डिङ गराए । त्यतिखेर उनलाई काठमाडौँबाट त्यहाँसम्म हिँडेर जान २४ दिन लागेको थियो । त्यति मात्र होइन, त्यति बेला कोलकाता पुग्न जङ्गलको बाट हिँड्नुपथ्र्यो । त्यहाँ बाघभालुको खुबै डर थियो । तर पनि उनी नडराई कोलकाता पुगे । उनलाई त्यहाँ पुर्‍याउने जनकलाल श्रेष्ठ थिए । श्रेष्ठचाहिँ त्यस बेला भद्रकाली हाउस स्थापना गरेर नेपालमा ग्रामोफोनको चक्का बेच्ने गर्थे । त्यस बेला सेतुरामले आफ्ना स्वरमा नेपाली भाषाको गीत रेकर्डिङ गरेर सबैभन्दा पहिलो गायक हुने मौका पाए । उनले पहिलो गीत नै राष्ट्रिय विभूति मोतीराम भट्टद्वारा रचित 'नजरमा राम प्यारा छन्' बोलको गजल गाएका थिए ।


aa - ab - af - ak - als - am - an - ang - ar - arc - as - ast - av - ay - az - ba - bar - bat_smg - bcl - be - be_x_old - bg - bh - bi - bm - bn - bo - bpy - br - bs - bug - bxr - ca - cbk_zam - cdo - ce - ceb - ch - cho - chr - chy - co - cr - crh - cs - csb - cu - cv - cy - da - de - diq - dsb - dv - dz - ee - el - eml - en - eo - es - et - eu - ext - fa - ff - fi - fiu_vro - fj - fo - fr - frp - fur - fy - ga - gan - gd - gl - glk - gn - got - gu - gv - ha - hak - haw - he - hi - hif - ho - hr - hsb - ht - hu - hy - hz - ia - id - ie - ig - ii - ik - ilo - io - is - it - iu - ja - jbo - jv - ka - kaa - kab - kg - ki - kj - kk - kl - km - kn - ko - kr - ks - ksh - ku - kv - kw - ky - la - lad - lb - lbe - lg - li - lij - lmo - ln - lo - lt - lv - map_bms - mdf - mg - mh - mi - mk - ml - mn - mo - mr - mt - mus - my - myv - mzn - na - nah - nap - nds - nds_nl - ne - new - ng - nl - nn - no - nov - nrm - nv - ny - oc - om - or - os - pa - pag - pam - pap - pdc - pi - pih - pl - pms - ps - pt - qu - quality - rm - rmy - rn - ro - roa_rup - roa_tara - ru - rw - sa - sah - sc - scn - sco - sd - se - sg - sh - si - simple - sk - sl - sm - sn - so - sr - srn - ss - st - stq - su - sv - sw - szl - ta - te - tet - tg - th - ti - tk - tl - tlh - tn - to - tpi - tr - ts - tt - tum - tw - ty - udm - ug - uk - ur - uz - ve - vec - vi - vls - vo - wa - war - wo - wuu - xal - xh - yi - yo - za - zea - zh - zh_classical - zh_min_nan - zh_yue - zu -