समाजशास्त्र
नेपाली विकिपीडियाबाट
समाजशास्त्र
समाजशास्त्र एक सामाजिक विज्ञान हो । Socoilogy शब्दको प्रयोग सर्वप्रथम फ्रान्सका दार्श निक अगस्ट काम्टेले (Auguste Commte) सन् 1838मा फ्रेन्च भाषामा प्रका शित Cours de philosophic positive(The Course of Positive filosophy) कृतिमा गरेका थिए । नेपाली भाषामा प्रयोग हुंदै आएको 'समाजशास्त्र' शब्द अङ्ग्रेजी भाषाको Sociology शब्दको रुपान्तर हो । अङ्ग्रेजी भाषाको Sociology शब्द ल्याटिन Latin भाषाको Socious अथवा Societus शब्द र ग्रिक (Greek)भाषाको Logos वा Logia शब्द मिलेर बनेको हो । यहाँ आएका Socious(Societus) शब्दको नेपाली अर्थ 'समाज' भन्ने हुन्छ भने Logos(Science or Study) शब्दको नेपाली अर्थ 'विज्ञान', 'अध्ययन' वा 'शास्त्र' हुन्छ । अत: शब्दबनोटका दृष्टिले हेर्दा अङ्ग्रेजी भाषाको Sociology शब्दको अर्थ समाजको विज्ञान (Science of the society) भन्ने हुन जान्छ । नेपाली भाषाको 'समाजशास्त्र' शब्द चाहिँ समाज र शास्त्र शब्द मिलेर बनेको हो । समाज भनेको मानव-मानव विचको आपसी अन्तर्कृयाबाट निर्मित अन्तर्सम्बन्धको व्यवस्था हो । शास्त्र वा विज्ञान भनेको चाहीँ व्यवस्थित वा क्रमबद्ध ज्ञान हो । यसरी शब्दबनोटका दृष्टिकोणले हेर्दा नेपाली भाषामा प्रयोग हुँदै आएको 'समाजशास्त्र' शब्दको अर्थ पनि समाजको अध्ययन वा समाजको विज्ञान भन्ने हुन आउँछ ।