संस्कृति
नेपाली विकिपीडियाबाट
मानव जीवनको जीवनशैली तथा संस्कारहरुको सार संस्कृति हो| सामान्यतया संस्कृतिलाई मानव समाजको निश्चित जीवनशैली भन्ने अर्थमा बुझिन्छ । व्युत्पत्तीका आधारमा हेर्दा नेपाली भाषामा प्रयोग हुंदै आएको संस्कृति शब्द संस्कृत भाषाको क्रित् धातुबाट बनेको हो । यस आधारमा हेर्दा संस्कृति शब्दको अर्थ हुन्छ- सबै द्रीष्टिकोणले राम्रो वा शुद्ध बनाइएको । संस्कृतिलाई कुनै वस्तु परिमार्जन गरेर वा संस्कृत रुप दिएर चम्किलो र उज्यालो बनाउने कार्य भन्ने अर्थमा पनि प्रयोग गरिएको पाईन्छ । तर व्युत्पत्तिमा आधारित अर्थले संस्कृतिको व्यापक अर्थलाई वहन गर्न सक्दैन । साहित्यकारहरुले संस्कृति शब्दलाई जीवनको प्रकाश वा कोमलताको अर्थमा प्रयोग गरेको पाईन्छ । त्यस्तै कतिपयले संस्कृति शब्दलाई नैतिक, अध्यात्मिक तथा बौद्धिक उन्नति जनाउने अर्थमा पनि प्रयोग गर्ने गर्दछन् । शाब्दिक दृष्टिले संस्कृति शब्दलाई संस्कारको रुपान्तरण पनि मानिन्छ । हिन्दू धर्ममा जीवनलाई परिमार्जन गर्न अनेक प्रकारका संस्कारहरु गर्नु पर्दछ अनी मात्र जीवन परिष्कार हुन्छ भन्ने मन्यता रहेको पाईन्छ । यसरी हिन्दू धर्ममा जन्मदेखी मृत्युसम्म जीवन परिष्कारका लागि जुन संस्कारहरु गर्नुपर्दछ, त्यसलाई जनाउन पनि संस्कृति शब्द प्रयोग गरेको देखिन्छ । ईतिहासमा संस्कृति शब्द देशको कलात्मक एवं बौद्धिक बिकास बुझाउन पनि प्रयोग गर्ने गरेको पाईन्छ ।