लुई ओग्युस्ट ब्लांकी
नेपाली विकिपीडियाबाट
लुई ओग्युस्ट ब्लांकी (सन् १८०५-१८८१) - फ्रान्सका प्रसिद्ध क्रान्तिकारी, काल्पनिक साम्यवादका एक जना प्रमुख प्रतिनिधि, सन् १८३०-१८७० तिर पेरिसका विद्रोहहरू र क्रान्तिहरूमा सहभागी । उनले गुप्त क्रान्तिकारी संगठनहरूको नेतृत्व गरेका थिए । उनले क्रान्तिकारी संघर्षको निम्ति आम जन-समुदायको संगठनको निर्णायक भूमिका हुने कुरा बुझेका थिएनन् र षड्यन्त्रकारी क्रान्तिकारीहरूको कुनै सानोतिनो दलद्वारा सत्तामा कब्जा जमाउने प्रयास गरेका थिए । ब्लांकीको क्रान्तिकारी योगदानको ठूलो मूल्याङ्कन गर्दै मार्क्स तथा लेनिनले उनका गल्तीहरूको र षड्यन्त्रकारी रणनीतिको अवगुणको पनि कटु आनोचना गर्नुभएको थिए । [१]
[परिवर्तन्] स्रोतहरू
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
लुई ओग्युस्ट ब्लांकी