मैथिली भाषा
नेपाली विकिपीडियाबाट
मैथिली मैथिली maithilī |
||
---|---|---|
बोलिने क्षेत्रहरू: | नेपाल, भारत | |
क्षेत्र: | दक्षिण एशिया | |
कुल प्रयोगकर्ता: | ४.५ करोड | |
श्रेणी | ४० | |
भाषा परिवार: | भारोपेली भारतीय-इरानी भारतीय-आर्य पूर्वी समूह बिहारी मैथिली |
|
लिपी परिवार: | देवनागरी लिपी , कैथी लिपी , मिथिलाक्षर | |
Official status | ||
राष्ट्र भाषा: | भारतको बिहार राज्य | |
Regulated by: | - | |
Language codes | ||
ISO 639-1: | bh (बिहारी) | |
ISO 639-2: | mai | |
ISO 639-3: | mai
Template:Infobox Language/Indic |
मैथिली मुख्य रूपमा भारतको उत्तरी बिहार र नेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बंगाली, आसामी, उडिया र नेपालीसँग यसको धेरै निकट संबंध छ ।
विषयसूची |
[परिवर्तन्] विकास
प्राचीन मैथिलीको विकासको शुरूवात प्राकृत र अपभ्रंशको विकासहरूसँग जोडिन्छ।
[परिवर्तन्] उपयोग
लगभग ४ देखि ५ करोड मानिस मैथिलीका मातृ-भाषाको रुपमा प्रयोग गर्छन् र यसको प्रयोगकर्ता भारत लगायत विश्वका अन्य धेरै देशहरूमा फैलिएका छन् ।
[परिवर्तन्] साहित्य
मैथिली साहित्यको आफनै समृद्ध इतिहास रहेको छ र चौधौं तथा पन्ध्रौं शताब्दीका कवि विद्यापतिलाई मैथिली साहित्यमा सबैभन्दा माथिल्लो दर्जा प्राप्त छ । हाल डा. हरिमोहन झा र नागार्जुन मैथिली भाषाका प्रमुख लेखक मानिन्छन् |
[परिवर्तन्] भारतमा
भारतको साहित्य प्रतिष्ठान द्वारा मैथिलीलाई साहित्यिक भाषाको स्थान, पण्डित जवाहरलाल नेहरू को समयदेखि प्रापात छ । सन् २००३ मा भारत सरकार द्वारा मैथिलीलाई भारतीय संविधानको आठौं अनुसूची मा पनि समावेश गरिएको छ।