Web Analytics Made Easy - Statcounter

See also ebooksgratis.com: no banners, no cookies, totally FREE.

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
Privacy Policy Cookie Policy Terms and Conditions
पुष्प नेपाली - Wikipedia

पुष्प नेपाली

नेपाली विकिपीडियाबाट

पुष्प नेपाली
पुष्प नेपाली

पुष्प नेपाली (वि.सं.१९८८ साल पुष १९ - वि.सं. २०५८ साल कात्तिक २७) नेपालका वरिष्ठ गायक, गीतकार तथा संगीतकार हुन् ।उनलको वास्तविक नाम पुष्प जोशी हो ।

विषयसूची

[परिवर्तन्] वाल्यकाल

पुष्प जोशीको जन्म काठमाण्डौमा भएको हो । उनि पृथ्वीलाल र कृष्णकुमारी जोशी का तीन छोरा र चार छोरी मध्ये कान्छा हुन् । उनका पिता पृथ्वीलाल जोशी पनि नेवारी धिमे वाजा बजाउने शिल्पी थिए । पुष्प नेपाली उनका जेठा दाजु उस्ताद विष्णुलाल जोशीको प्रेरणाले संगीतमा लागेका थिए ।उनि सानै देखि संगीत, गायन, शव्द रचना तथा नाटकमा पनि अग्रसर भएर । उनि १७ वर्षको उमेरमा भरत गएर नेपालको राणा शासन बिरूद्ध लडेको मुक्तिसेनामा पनि भर्ति भएका थिए ।

[परिवर्तन्] योगदान

नेपालमा प्रजातन्त्रको आगमन पछि वि.सं. २००८ साल देखि पुष्प नेपाली तत्कालिन नेता गणेशमान सिंहको सिफारिसमा रेडियो नेपालमा सेवा सुरू गर । रेडियो नेपालमा प्रवेश गरेपछि उनले थुप्रै गीतहरूको सिर्जना गर्ने मौका पाए । करिव आठ वर्षको सेवापछि उनले रेडियो नेपालको सेवाबाट अवकाश लिएर स्वतन्त्र गायकको रूपमा काम गर्न थाले । तर राजा महेन्द्रले उनलाई फेरी रेडियो नेपालको सेवामा बोलाए र उनले फेरी रेडियो नेपालको सेवा सुरू गरे । त्यस पछि उनले रेडियो नेपालमा करिव २५ वर्ष सेवा प्रदान गरे ।

उनले वि.सं. २०३६ सालसम्ममा करिव पाँच सय गीतहरू गाए र थुप्रै गीतहरूमा संगीत भरे तथा गीतका शव्दहरू लेखे ।पुष्प नेपाली राजा महेन्द्रका मनपर्ने गायक थिए । उनि बेलाबखतमा राजदरबारमा गीत गायनका लागि जाने गर्दथे ।

[परिवर्तन्] सम्मान तथा पुरस्कार

तत्कालिन समयमा आयोजना हुने प्रतिस्पर्धात्मक कार्यक्रम अखिल नेपाल सम्मेलनमा उनि तीन पटक ‘प्रथम’ भएर राजा महेन्द्रको हातबाट स्वर्ण पदक पनि प्राप्त गरे । त्यसका साथै उनले गोरखा दक्षिम बाहु लगायतका विभिन्न विभुष्ण र सम्मानहरू पाएका छन् ।

[परिवर्तन्] पारिवारिक जीवन

उनको विवाह ३२ वर्षको उमेरमा १८ वषिर्या मीना देवानसँग परम्परा विपरित भएको हो । उनका एक छोरा तथा एक छोरी छन् ।


aa - ab - af - ak - als - am - an - ang - ar - arc - as - ast - av - ay - az - ba - bar - bat_smg - bcl - be - be_x_old - bg - bh - bi - bm - bn - bo - bpy - br - bs - bug - bxr - ca - cbk_zam - cdo - ce - ceb - ch - cho - chr - chy - co - cr - crh - cs - csb - cu - cv - cy - da - de - diq - dsb - dv - dz - ee - el - eml - en - eo - es - et - eu - ext - fa - ff - fi - fiu_vro - fj - fo - fr - frp - fur - fy - ga - gan - gd - gl - glk - gn - got - gu - gv - ha - hak - haw - he - hi - hif - ho - hr - hsb - ht - hu - hy - hz - ia - id - ie - ig - ii - ik - ilo - io - is - it - iu - ja - jbo - jv - ka - kaa - kab - kg - ki - kj - kk - kl - km - kn - ko - kr - ks - ksh - ku - kv - kw - ky - la - lad - lb - lbe - lg - li - lij - lmo - ln - lo - lt - lv - map_bms - mdf - mg - mh - mi - mk - ml - mn - mo - mr - mt - mus - my - myv - mzn - na - nah - nap - nds - nds_nl - ne - new - ng - nl - nn - no - nov - nrm - nv - ny - oc - om - or - os - pa - pag - pam - pap - pdc - pi - pih - pl - pms - ps - pt - qu - quality - rm - rmy - rn - ro - roa_rup - roa_tara - ru - rw - sa - sah - sc - scn - sco - sd - se - sg - sh - si - simple - sk - sl - sm - sn - so - sr - srn - ss - st - stq - su - sv - sw - szl - ta - te - tet - tg - th - ti - tk - tl - tlh - tn - to - tpi - tr - ts - tt - tum - tw - ty - udm - ug - uk - ur - uz - ve - vec - vi - vls - vo - wa - war - wo - wuu - xal - xh - yi - yo - za - zea - zh - zh_classical - zh_min_nan - zh_yue - zu -