Web Analytics Made Easy - Statcounter

See also ebooksgratis.com: no banners, no cookies, totally FREE.

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
Privacy Policy Cookie Policy Terms and Conditions
नेपाली सेना - Wikipedia

नेपाली सेना

नेपाली विकिपीडियाबाट

विषयसूची

[परिवर्तन्] ईतिहास तथा परिचय

नेपाल एकिरण अभियान नेपाली सेनाको इतिहासमा एक कोसेढुङगा हो यौटा बलियो सैनिक संगठन बिना एकिकरण संभव हुनै सक्दैनथ्यो ।तसर्थ सैनिक संरचनाको बिकासका लागी बाहीर बाट हतियार तथा प्रविधी भित्रयाइ गोर्खामा सेना संगठित गरियो । गोर्खाली फौजले नुवाकोट तथा सन १७४४ मा छिमेकी कान्तीपुर राज्य कब्जा गरेपछी गोर्खाली फौजलाइ शाही नेपाली सेनको रूपमा चिनिन थालियो । तिनीहरूको वीरता, स्वामी भक्ती तथा साधारणपना बाट शत्रुपनी प्रभावित हुन थाले ।शाही नेपाली सेना संग लडेको लडाँइमा उनिहरूको वीरता बाट प्रभावित भइ ब्रिटीस इस्ट इन्डीय कम्पनी ले पनी आफ्ना सेनामा नेपाली भर्ती शुरू गर्यो जुन अहिले सम्म गोर्खाली सेनाको रूपमा कायम छ । ब्रिटीस हरू तिनलाइ ग्रुखाज भन्ने गर्दछन ।अझै सम्म कतै केही गलत बुझाइ छ कि शाही नेपाली सेना ब्रिटीस तथा भारतीय गोर्खा सेना को हिस्सा हो जबकी भारत अथवा ब्रिटेनमा रहेका गोर्खाली फौज बिदेशी सैनिक संगठनका हिस्सा हुन जस्मा नेपाली युवा लाइ भर्ती गर्ने गरिन्छ ।र शाही नेपाली सेना नै (सक्कली गोर्खाली फौज) हो, नेपालको राष्ट्रिय सेना हो जुन देस १७४४ देखी स्वतन्त्र, सार्बभौम तथा रहिरहेको छ जाँहा कहिले पनी कुनै पनी औपनीवेसीक सक्ती लाइ छिर्न नदिनु नेपाली सेनाको सबै भन्दा ठुलो सफलता रहेको छ ।नेपाली सेनाको संचालन तथा शुरूवात बडामाहाराज पृथ्वी नारायण शाह बाट भएको थियो ।

नेपाली सेना दक्षीण एसियाको सबै भन्दा पुरानो सेना हो, यो सेना नेपाल एकिरणको शुरूवात सँगै बन्न शुरूभएको थियो यसका संस्थापक राजा पृथ्वी नारायण शाह थिए । हाल यो सेनामा ९७००० हजारको हारा हारीमा जनसक्ती रहेको छ । नेपालमा मावोवादी विद्रोहको सुरूवात पछी केही जनसक्ती नेपाली सेना तथा नेपाल प्रहरी बाट लगी नेपाल ससस्त्र प्रहरी बल बनाइएको थियो भने केही सेना नेपाल ससस्त्र बन रक्षक फोर्समा पनी जाने गर्दछन । नेपाली सेनाको प्रधान कार्यालय (नेपाली जंगी अड्डा) काठमाण्डौ को भद्रकाली मा रहेको छ । साथै नेपाली सेना पृतना प्रधान कार्यालय हरू पुर्व को इटहरी, हेटौडा, उपत्यका (सिंह दरवार) , पोखरा , सुर्खेत तथा दिपायलमा रहेका छन, नेपाली सेनाका वाहीनी, गण तथा गुल्म हरू देशका सबै भागमा रहेका छन । नेपाली सेना वाह्रय आक्रमण तथा आन्तरिक द्धन्द बाहेक का बेलामा बिकास निर्माण खास गरी सेनाले बनाएका सडकमार्ग हरू देसका प्राय सबै भागमा रहेकाछन, त्यसै गरी राष्ट्रीय सम्पती (बिध्धुत,टेलीफोन स्टेसन तथा एतिहासीक गढी दरवार हरू) को सुरक्षा, राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु सुरक्षामा संलग्न रहदै आएको छ त्यस बाहेक अन्य बिकास निर्माण तथा प्राकृतीक बिपत्तीमा उद्धारका लागी यो शक्ती नेपालको मेरू दण्ड नै हो ।


[परिवर्तन्] संगठन संरचना

नेपाल अधिराज्यको संबिधान २०४७ अनुसार जुन जनवरी ००७ सम्म नेपालको एक्टीभ संबिधान पनी हो ।तर सरकारले यो २०४७को संबिधान नयाँ संबिधान फार्फत फेरीने जनाइ रहेको छ तर यो नयाँ संबिधानको कुनै समय सिमा तोकीएको छैन त्यसैले नयाँ ब्यवस्थीत संविधान नल्याइए सम्म नेपाली सेना को बेसीक कमान्ड निम्न अनुसार छ ।

[परिवर्तन्] सुप्रीम कमान्ड

२०४७को संविधानको धारा ११९मा श्री ५ माहाराजाधिराज नेपाली सेनाका परमाधिपती रहने व्यवस्था छ तर २००६ को अप्रील मुभमेन्ट पछी संसदले परमाधीपती संबन्धी ब्यवस्था खारेज गरेको छ ।राजा लाइ कुनै पनी किषीमको प्रसासनिक कार्य गर्न बाट रोक लागइएको छ । तर नेपाली सेनाको सुप्रीम कमान्ड का बारेमा पनी अन्तरीम संविधान केही बोलेको छैन हाल यो संसदमातहत रहेको मानीएको छ

[परिवर्तन्] राष्ट्रीय सुरक्षा परिषद

२०४७ को संबिधान अनुसार प्रधानमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापती रहेको सुरक्षा परिषदको सिफारीसमा श्री ५ बाट नेपाली सेनाको परिचालन गरिने उल्लेख छ । तर हाल सुरक्षा परिषद सक्रिय रहेको छैन ।

[परिवर्तन्] तह

  • परमाधिपती:"ग्रान्ड" "कमान्डर इन चिफ Commander in Chief" - नोट: हाल यो पद निलम्वित छ ।
  • फिल्ड मार्सल field Marshal
  • प्रधान सेनापती: "मुख्य जर्नेल" तर अंग्रजीमा चिफ अफ आर्मी स्टाफ "Chief of the Army Staff" भनिने
  • अतिरथी जर्नेल General
  • लेफ्टीनेन्ट जर्नेल Lieutenant General
  • साहयक रथी (मेजर जर्नेल)Major General
  • उपरथी (ब्रिगेडियर जर्नेल) Brigadier General
  • कर्णेल Colonel
  • लेफ्टीनेन्ट कर्णेल Lieutenant Colonel
  • मेजर Major
  • क्याप्टेन Captain
  • लेफ्टीनेन्ट Lieutenant
  • सेकेन्ड लेफ्टी नेन्टSecond Lieutenant
  • सुवेदार मेजर Subedar Major
  • वारेन्ट अफिसर Warrant Officer 1
  • वारेन्ट अफिसर २Warrant Officer 2
  • सर्जेन्ट Sergeant
  • कर्पोरल Corporal
  • लान्स कर्पोरल Lance Corporal

[परिवर्तन्] एकिकरण अभियानका लडाँइ

नेपाली सेनाले नेपाल एकिकरण अभियानमा थुप्रै लडाँइ लड्यो जस्को फलस्वरूप सिंगो र एकिकृत नेपाल नेपाली ले पाउन सके साथै सेनाले नेपाल एकिकरण अभियानका लडाँइहरू बाट पनी अनुभव अनुसासन तथा रणकौसलता सिक्दै गयो ।

[परिवर्तन्] देस रक्षाका लागी लडिएका


[परिवर्तन्] वाह्य युद्धमा संलग्नता

[परिवर्तन्] अन्तराष्ट्रीय शान्ती स्थापनार्थ परिचालन

नेपाली सेनाको संयुक्त राष्ट्रसंघिय शान्ती स्थापना मिसनमा लामो सहकार्य रहिआएको छ ।यसको शुरूवात पाँच सैनिक पर्यवेक्षकको मध्यपुर्वको लेवनान (UNOGIL/ United Nations Observer Group in Lebanon) मा १९५८ को खटन पछी भएको हो । पहिलो सान्ती सैनिक टोलीको रूपमा १९७४ मा इजिप्टको सिन्हाइमा पुरानो गोरख गणको तैनाथी पछी सुरूवात भएको हो ।नेपाल ले सं.रा. संघ सान्ती सेनामा सहभागिता जनाउन लागेको ५० वर्ष नाघीसकेको छ हाल सम्म ६२ हजार नेपाली सैनिक ले राष्ट्रसंघिय अभियानमा सेवा गरिसकेका छन । नेपाली सेनाले भाग लिएका सान्ती स्थापनार्थ संयुक्त राष्ट्रसंघिय मिसन र भुमिका उल्लेखनीय छन । नेपाली सेना ले फोर्सकमान्डर, विषेश सैनिक अधिकृत तथा सैनिक पर्यवेक्षक का महत्वपुर्ण भुमिका दक्षता साथ पुरा गरेको छ ।

नेपाली सेना ले केही अत्यान्त विकट र प्रतिकुल स्थानमा समेत सान्ती स्थापनार्थ ठुलो भुमिका निभएको छ खासगरी युद्धग्रस्त अफ्रिकी देशहरूको अमनचैन कायम गर्न तथा स्थानीय स्तरमा पुर्याइरहेको भुमिका सरहानिय रहेको छ । आफ्नो जिउज्यान को बाजी लगाएर पनी नेपाली सैनिक हरू संयुक्त राष्ट्रसंघिय अभियानमा दक्षता पुर्वक लागी रहेका छन । हाल सम्म विभिन्न मिसन मा गरी ५४ सैनिकहरू संयुक्त राष्ट्रसंघ शान्ती स्थापना मिसनमा वीरगती प्राप्त गर्ने नेपाली सैनिकहरू भएका छन भने ५७ नेपाली सैनिक को अंगभंग भएको छ ।


नेपाली सेनाले भागलिइरहेका प्रमुख मिसन


  • संयुक्त राष्ट्रसंघ लेवनानका लागी अन्तरीम फोर्स (UNIFIL),
  • UNOSOMII the संयुक्त राष्ट्रसंघिय सुरक्षा फोर्स (UNPROFOR), यु एन अपरेसन मिसन सोमालीया II,
  • UNMIH the यूनाइटेड नेसन मिसन हाइटी.
  • UNAMSIL - हाल नेपालले सियोरालियोनमा ८०० सेना संयुक्तराष्ट्र संघ मिसनका लागी खटाइरहेको छ Sierra Leone (UNAMSIL).
  • UNMIS - नेपाली सेनाले सुरक्षा फोर्सका रूपमा सुडानमा २०० जाना सैनिक पठाएको छ । United Nations Mission In Sudan.
  • RCHQ - The RCHQ, KASSALA मा पनी नेपाली सैनिक हरू कार्यरत छन .
  • कंगो,रूवान्डा तथा सुडानमा पुन नेपाली सैनिक हरू शान्ती स्थापनार्थ जाँदैछन.

[परिवर्तन्] आन्तरिक द्धन्द तथा गडबडी

खम्पा निससस्त्रीकरण - 1974

सन १९७४मा नेपाली भुमी प्रयोग गरी तिब्बती खम्पा हरूले चिनीया सेना विरूद्ध गुरिल्ला युद्ध शुरू गरे । तिनीहरूले उत्तरी नेपालको मुस्ताङ जिल्लामा बेस समेत बनाइ गुप्त रूपमा अभ्यास समेत गर्न थालेपछी चीन सरकारतथा अन्तराष्ट्रीय समुदायको अनुरोधमा शाही नेपाली सेना परिचालन गरियो ।९ वटा स्थल सैनिक बटालीयन (गण) (हेलीकोप्टर सपोर्ट साथ ) हरूका युनिट हरू खम्पा हरूको पोष्ट मुस्ताङ पुगे र तिनी हरूलाइ आत्म समर्पण गर्न समय सिमा तोकी दिए ।हतियार त्यागी आत्मसर्मपण गर्ने हरूलाइ नेपालको नागरीकता समेत दिइने जानकारी गराइयो , खम्पा कमान्डर वाङदी सर्मपण गर्न तयार भए तर मुस्ताङ छाडी आफ्नो फौज लिएर उत्तर पस्चिमी नेपालका डोल्पा, मुगु, जुम्ला हुदै भागे । पछी नेपाल प्रहरीको एक चौकी लुटदै गर्दा शाही नेपाली सेना बाट डोटीमा मारिए ।यो नै पहिलो अवसर थियो जसमा शाही नेपाली सेना आन्तरीक सुरक्षामा यती ठुलो संख्यामा परिचालन भएको थियो

नेपाली माओवादी जनयुद्ध

सन २००१ मा शाही नेपाली सेना मावोवादी शक्ती विरूद्ध परिचालीत भयो, थुप्रै लडाँइ तथा अपरेसन का बेलमा सेना मानव अधिकार उलंघनका घटनामा पनी मुछीयो । खास गरी पुर्व प्रधान सेनापती हरू प्रजव्ल समसेर राणा तथा प्यार जंग थापा को काल मा माथिल्ला सैनिक नेतृत्व समेत विवादीत रह्यो

[परिवर्तन्] अमेरीका/नेपाल सैनिक संबध

अमेरीका नेपाल सैनिक संबध प्रजातन्त्रीक संस्थाको सहयोग (नागरीक नियन्त्रीत सैनिक )पेसेवर सैनिक विकासमा अधारीत छ ।अमेरीका सेनाले मानव अधिकार को सम्मान गरेको हेर्न चाहान्छ ।दुबै देशको हाल सम्पर्क शुत्रको पनी राम्रो बिकास भएको छ ।नेपाली सेनाका टोली हरूले हाइटी, इराक तथा सोमालीयामा अमेरीकी सेना संगै अपरेसन मा भागलिए यसले पनी दुइ सेनाको संबध लाइ अझ बलीयो बनाएको छ अमेरीका ले केही हतियार सैन्य साहयता बाहेक नेपाली सेना लाइ शान्ती स्थापना कार्यका लागी चाहिन सक्ने कमान्ड एन्ड जनराल स्टाफ, यु एस सैनिक वार कलेज तथा इनहयान्स इन्टर नेसनल पिसकीपीङ क्यापबिलिटीज लगायतका थुप्रै तालीम दिदै रहेको छ अमेरीकी सेना का एसीया प्यासीफिक क्षेत्रका कमान्डर इनचिफले नेपाल संगको सैन्य संबधलाइ हेर्ने जिम्मेवारी पुरा गर्छन ।

[परिवर्तन्] तथ्यांक

सैनिक साखा हरू: नेपाली सेना (includes नेपाली सैनिक विमान सेवा),नेपाल ससस्त्र प्रहरी बल नेपाल प्रहरी

सैनिक जनशक्ती – सैनिक उमेर: 17 वर्ष

सैनिक जनशक्ती - उपलब्धता:
पुरूष तथा महिला उमेर 15-49: 6,674,014 (2003 est.)

सैनिक जनसक्ती – सैनिक सेवाका लागी दक्ष:
पुरूष तथा महिला उमेर 15-49: 3,467,511 (2003 est.)

सैनिक जनशक्ती- वार्षीक उत्पादन:
महिला तथा पुरूष: 303,222 (2003 est.)

सैनिक खर्च – अमेरीकी डलरमा: $57.22 million (FY02)

सैनिक खर्च - जि.डि.पिको प्रतिसत: 1.1% (FY02)


[परिवर्तन्] गोर्खाली Gurkhas

नेपाल गोर्खाली सेनाका लागी पनी प्रशिद्ध छ गोर्खाली नेपालीको दोश्रो नाम जस्तै हो । जुन नेपालका विभिन्न जाती जनजाती लाइ सम्बोधन गर्ने गरिन्छ । अंग्रेज नेपाल युद्ध भएपछी दुबै एक अर्का बाट प्रभावीत हुन पुगेपछी नेपाली लाइ ब्रिटीस सेनामा भर्ना गर्न थालियो खास गरी उनीहरूको बाहदुरी र सोझो पनलाइ देखेर, १९४७ मा भारत स्वतन्त्र हुदा पनी केही गोर्खाली सेना ब्रिटीस ले लगी केही भारत मा छोडेर अन्तमा नेपाल,ब्रिटेन तथा भरत त्रिपक्षीय सैनिक सन्धी मिलाइयो । हाल पनी ब्रिटीस तथा भारतीय सेना मा उल्लेख्य संख्यामा गोर्खाली सेना रहेको छ ।गोर्खाली (नेपाली) सेना बाहदुरी का साथै उनी हरूले बोक्ने हतियार खुकुरीका कारण ले पनी प्रशिद्ध छन ।


[परिवर्तन्] यो पनी हेर्नुहोसः


[परिवर्तन्] अतिरिक्त लिंकहरू

[परिवर्तन्] References

Template:CIA WFB 2003,,


aa - ab - af - ak - als - am - an - ang - ar - arc - as - ast - av - ay - az - ba - bar - bat_smg - bcl - be - be_x_old - bg - bh - bi - bm - bn - bo - bpy - br - bs - bug - bxr - ca - cbk_zam - cdo - ce - ceb - ch - cho - chr - chy - co - cr - crh - cs - csb - cu - cv - cy - da - de - diq - dsb - dv - dz - ee - el - eml - en - eo - es - et - eu - ext - fa - ff - fi - fiu_vro - fj - fo - fr - frp - fur - fy - ga - gan - gd - gl - glk - gn - got - gu - gv - ha - hak - haw - he - hi - hif - ho - hr - hsb - ht - hu - hy - hz - ia - id - ie - ig - ii - ik - ilo - io - is - it - iu - ja - jbo - jv - ka - kaa - kab - kg - ki - kj - kk - kl - km - kn - ko - kr - ks - ksh - ku - kv - kw - ky - la - lad - lb - lbe - lg - li - lij - lmo - ln - lo - lt - lv - map_bms - mdf - mg - mh - mi - mk - ml - mn - mo - mr - mt - mus - my - myv - mzn - na - nah - nap - nds - nds_nl - ne - new - ng - nl - nn - no - nov - nrm - nv - ny - oc - om - or - os - pa - pag - pam - pap - pdc - pi - pih - pl - pms - ps - pt - qu - quality - rm - rmy - rn - ro - roa_rup - roa_tara - ru - rw - sa - sah - sc - scn - sco - sd - se - sg - sh - si - simple - sk - sl - sm - sn - so - sr - srn - ss - st - stq - su - sv - sw - szl - ta - te - tet - tg - th - ti - tk - tl - tlh - tn - to - tpi - tr - ts - tt - tum - tw - ty - udm - ug - uk - ur - uz - ve - vec - vi - vls - vo - wa - war - wo - wuu - xal - xh - yi - yo - za - zea - zh - zh_classical - zh_min_nan - zh_yue - zu -