गणेश रसिक
नेपाली विकिपीडियाबाट
गणेश रसिक नेपाली साहित्यका कथाकार, कवि र गायक हुन् । यीनको जन्म भोजपुर जिल्लामा भएको हो। पछि उनी इलाम जिल्लामा बसोबास गर्न पुगे। सरल स्वभावका मिलनसार रसिकले इलाममा विष्णु नविन लगायतका साहित्यकारहरूसित साहित्य साधना शुरू गरेका थिए।
[परिवर्तन्] योगदान
मूलत यीनी लेखक तथा कथाकार भएतापनि सर्वप्रथम लेकाली समुहबाट यिनले गायन क्षेत्रमा आफ्नो पहिचान बनाएका छन्। पछि आएर कथा क्षेत्रमा कलम चलाउन थालेपछि यिनी साहित्यकारको रूपमा स्थापित भएका हुन्। यिनको बिलाउँदै गएको गीत, लगायतका कथा संग्रह, आकाशगंगा मुनी लगायतका उपन्यास प्रकाशित छन्।