चितवन राष्ट्रिय निकुञ्ज
नेपाली विकिपीडियाबाट
चितवन राष्ट्रिय निकुञ्ज (चि.रा.नि.) नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुन्ज हो जसको क्षेत्रफल 932 बर्ग कि.मी. छ । यो इ.सं. 1973 मा स्थापना गरिएको हो । यसलाई 1984 मा बिश्व सम्पदा सूचीमा सूचीकृत गरियो । चि.रा.नि. नेपालको मध्य तराईमा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ । यो निकुञ्ज विशेस गरेर एक सिंगे गैंडा र पाटे बाघको लागि प्रख्यात छ ।
यस निकुञ्जमा 43 प्रजातिका स्तानधारी प्राणी, 450 प्रजातीका चराचुरूङ्गी र 45 प्रजातीका जलथलचर तथा घस्रने प्राणीहरू पाईन्छन् । यहाँ पाईने प्रमुख स्तनधारी प्राणीहरूमा मृग, चित्तल, बाँदर तथा लंगूर बाँदर आदि पर्दछन् ।
इ.सं. 1951 सम्म चितवन उपत्यका तत्कालिन शासकहरूका बिचमा शिकार खेल्नको लागि निकै प्रचलित थियो । जसले पछि गएर चि.रा.नि.को रूप लियो । चितवन राष्ट्रिय निकुन्जको मुख्य द्धार नजिकै को शहर भरतपुर बाट १० कि मी को दुरी मा रहेको छ । यो निकुन्ज को भ्रमण गर्न सडकमार्ग हुदै भरतपुर भएर टाडी बाट भित्र पस्दै जान सकिन्छ भने भरतपुर विमानस्थलमा दैनिक उडान उपलब्ध छन ।
[परिवर्तन्] बाहिरी लिंकहरू
नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरू |
---|
खप्तड राष्ट्रिय निकुञ्ज | चितवन राष्ट्रिय निकुञ्ज | रारा राष्ट्रिय निकुञ्ज | शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज | सगरमाथा राष्ट्रिय निकुञ्ज | बर्दिया राष्ट्रिय निकुञ्ज | मकालु-बरूण राष्ट्रिय निकुञ्ज | पर्सा वन्यजन्तु आरक्षण | कोशि टप्पु वन्यजन्तु आरक्षण | शुक्लाफाँट वन्यजन्तु आरक्षण | ढोरपाटन शिकार आरक्षण | अन्नपुर्ण संरक्षण क्षेत्र |