सर्वोच्च अदालत
नेपाली विकिपीडियाबाट
सर्वोच्च अदालत नेपालको न्यायपालिकाको सबैभन्दा माथिल्लो तहको अदालत हो । सर्वोच्च अदालतमा नेपालको प्रधान न्यायाधीशका अतिरिक्त बढीमा १४ जनासम्म अन्य न्यायाधीशहरु रहने व्यवस्था छ । कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरुको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था छ ।
विषयसूची |
[परिवर्तन्] प्रधान न्यायाधीश र न्यायाधीशहरुको नियुक्ति
श्री ५ बाट संवैधानिक परिषद्को सिफारिसमा नेपालको प्रधान न्यायाधीश र न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायायाधीशहरुको नियुक्ति गरिबक्सने व्यवस्था छ । कुनै निश्चित अवधिको लागि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्ति गर्नु परेमा श्री ५ को अनुमति प्राप्त गरी न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले नियुक्ति गर्न सक्ने व्यवस्था छ ।
[परिवर्तन्] जनशक्ति
सर्वोच्च अदालतमा कार्यरत जनशक्ति तर्फ आर्थिक वर्ष २०६२ को अन्तमा प्रधान न्यायाधीशका अतिरिक्त अन्य १७ जना न्यायाधीशहरु कार्यरत थिए । कर्मचारीतर्फविभिन्न दर्जाका जम्मा ३३२ जना कर्मचारीहरु कार्यरत थिए । यसका अतिरिक्त केही कर्मचारी काजमा थिए ।
[परिवर्तन्] न्यायिक कार्य
सर्वोच्च अदालतले आफूलाई प्राप्त विभिन्न क्षेत्राधिकार अन्तर्गत न्यायिक कार्य सम्पन्न गरी आएको छ । यस आर्थिक वर्षा विभिन्न क्षेत्राधिकार अन्तर्गत सम्पादन गरेको न्यायिक कार्यलाई निम्नानुसार उल्लेख गरिएको छ:
[परिवर्तन्] साधारण अधिकार क्षेत्र
सर्वोच्च अदालतको साधारण अधिकार क्षेत्र अन्तर्गत निम्न क्षेत्राधिकारहरु पर्दछन् :
- शुरु मुद्दा हेर्ने
- पुनरावेदन सुन्ने
- पुनरावलोकन गर्ने
- मुद्दा दोहोऱ्याइ हेर्ने
- साधक जाँच्ने
- निवेदन प्रतिवेदन सुन्ने
[परिवर्तन्] असाधारण अधिकार क्षेत्र
सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत निम्नानुसारका क्षेत्राधिकारहरु पर्दछन् :
- न्यायिक पुनरावलोकनको क्षेत्राधिकार
- रिट क्षेत्राधिकार
- सार्वजानिक सरोकारको विवाद हेर्ने