रानुदेवी अधिकारी
नेपाली विकिपीडियाबाट
रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको हो । उनका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) हुन् । उहाको बाल्यकाल बनारसमा बित्यो । उहाको विवाह २००६ सालमा विरानगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गर्नुभएको थियो । २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो । विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गर्नुभएको हो । उहाँले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो सुरिलो स्वर गीत गाउनुभयो । इतिहास विषयमा एम.ए. सम्मको अध्ययन गर्नुभएकी रानुदेवी हाल विराटनगरमा बस्नुहुन्छ । उहाँका छोरा अविन र छोरीहरु अर्चना तथा अल्पना छन् । २०६३ सालमा उहाका बारेमा '५६ वर्षपछि.....' नामक सांगीतिक वृत्तचित्र बनाइयो । उक्त वृत्तचित्र पत्रकार तथा गीतकार शंकर खरेल र गायक तथा संगीतकार सुमित खड्काले बनाएका हुन् । वृत्तचित्रमा उहाँको नयाँ एलबमबारे उल्लेख छ ।