राजा रण बहादुर शाह
नेपाली विकिपीडियाबाट
बडामाहाराजा पृथ्वी नरायण शाह का नाती तथा राजा प्रताप सिँह शाह का छोरा राजा रण बहादुर शाह सानै मा नेपालको राजा भएका थिए भने अत्यन्तै सन्की स्वभाव का थिए यिनको बाल्य कालमा यिनकी माता रानी राजेन्द्र लक्ष्मी ले यिनको नायबी ग्रहण गरी पस्चीम मा तनहू, लम्जुंग तथा कास्की को एकिकरण अभियान संचालन गरेकी थिइन रानी राजेन्द्र लक्ष्मीको देहान्त पछी रण बहादुर शाह का काका तथा राजा पृथ्वी नारायण शाहका महिला छोरा राजकुमार बहादर शाहले रण बाहदुर को नायवी ग्रहण गर्दै नेपालको एकिकरण अगाडी बढाए । राजकुमार बहादुर शाह ले पस्चिम नेपालको शक्ती साली पाल्पा राज्यका राजाकी बहिनी संग बैवाहीक संबन्ध बनाइ पस्चिम पर्वत देखी,गुल्मी,अर्घा,खांची, रूकुम प्युठान, सल्यान, जाजरकोट, दैलेख, दुल्लु, जुम्ला, डोटी, अछाम, बझाङ, हुदै कुमाउ गढवाल हुदै सतलज नदी पारी गोरखाली पुगेका थिए नेपाल एकिकरण को अभियानमा बाहदुर शाह को नेतृत्वकाल लाइ स्वर्ण काल मानीन्छ तर पछी बाहदुर शाह जस्ता वीर सुझ बुझ पुर्ण नेतृत्व क्षमता भएका राजकुमारको रण बहादुर शाहको लहडबाजी मा जेल मा हाली मृत्यु गराइयो ।
पछी जथाभावी गर्दै हिडेका रणबहादुर शाह उनकै भाइ पर्ने शेरबाहदुर शाह बाट काटीय भने शेर बाहादुर शाह लाइ तत्तकालै बालर्नसिँह कुंवर ले तत्कालै काटे ।