Web Analytics Made Easy - Statcounter

See also ebooksgratis.com: no banners, no cookies, totally FREE.

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
Privacy Policy Cookie Policy Terms and Conditions
पहाड - Wikipedia

पहाड

नेपाली विकिपीडियाबाट

सगरमाथा तथा हिमालय पहाडी श्रृङ्खला
सगरमाथा तथा हिमालय पहाडी श्रृङ्खला

पहाड एकप्रकारको भूबनोट हो जुन सिमित परिधि भित्र वरपरको क्षेत्र भन्दा अग्लो हुन्छ । पहाड प्राय गरेर डाँडा (hill) भन्दा बढि भिरालो हुन्छ । पहाड र डाँडाको बिचमा अन्तर छुट्याउने खासै कुनै सर्वमान्य तरिका त छैन तर धैरेजसो पहाडहरू अग्ला शिखरहरूका कारण सजिलै छुट्टिने गर्दछन् । पहाडले एशिया महादेशको ५४%, उत्तर अमेरिकाको ३६%, युरोपको २५%, दक्षिण अमेरिकाको २२%, अष्ट्रेलियाको १७% र अफ्रिकाको ३% क्षेत्र ओगटेको छ । संसारमा १० मध्ये एक जना मानिस पहाडी क्षेत्रमा बसोबास गर्दछ । संसारका धेरैजसो ठूला नदीहरूको मुहान पहाडी क्षेत्रमा भेटिन्छन् । त्यस्तै संसारको आधा जसो जनसंख्याको मुख्य पानीको श्रोतको लागि पहाडी क्षेत्रमा निर्भर छन् ।

[परिवर्तन्] उचाई

सामान्यतया पहाडहरूको उचाई समुन्द्र सतहबाट नाप्ने गरिन्छ । हिमालयको औसत उचाई समुन्द्र सतहबाट ५,००० मिटर छ भने एण्डिजको ४,००० मिटर । धेरैजसो पहाडी श्रृङ्खलाको औसत उचाई २,००० देखि २,५०० मिटर सम्म हुन्छ । संसारको सबैभन्दा अग्लो पहाड सगरमाथा हो जुन ८,८८४ मिटर अग्लो छ र यो संसारको सबैभन्दा अग्लो पहाडी श्रृङ्खला हिमालयमा पर्दछ ।

पहाडको उचाई समुन्द्र सतहबाट बाहेक अन्य तरिकाले पनि नाप्न सकिन्छ । एउटा तरिका हो, पृथ्वीको केन्द्रबाट कुनैपनि पहाडको टाकुरो सम्मको दूरी । पृथ्वीको केन्द्रबाट नाप्दा भूमध्य रेखाको नजिकै परेका पहाडहरू अग्ला हुन जान्छन् किनभने पृथ्वीको केन्द्रबाट भूमध्य रेखा अन्य क्षेत्र भन्दा टाढा पर्दछ । त्यसैले यो तरिकाले नाप्दा भूमध्य रेखाको नजिकै पर्ने ईक्वेडोर को चिम्बेराजो सबैभन्दा अग्लो हुन जान्छ । त्यस्तै पहाडको आफ्नो आधारबाट टाकुरो सम्म नाप्दा हवाई स्थित माउना केआ सबैभन्दा अग्लो हुन जान्छ । यसरी नाप्दा यसको उचाई ९,००० मिटर भन्दा बढि हुन्छ । तर यसको धेरैजसो भाग प्रशान्त महासागरमा डुबेको छ ।

[परिवर्तन्] सम्बन्धित लेखहरू


aa - ab - af - ak - als - am - an - ang - ar - arc - as - ast - av - ay - az - ba - bar - bat_smg - bcl - be - be_x_old - bg - bh - bi - bm - bn - bo - bpy - br - bs - bug - bxr - ca - cbk_zam - cdo - ce - ceb - ch - cho - chr - chy - co - cr - crh - cs - csb - cu - cv - cy - da - de - diq - dsb - dv - dz - ee - el - eml - en - eo - es - et - eu - ext - fa - ff - fi - fiu_vro - fj - fo - fr - frp - fur - fy - ga - gan - gd - gl - glk - gn - got - gu - gv - ha - hak - haw - he - hi - hif - ho - hr - hsb - ht - hu - hy - hz - ia - id - ie - ig - ii - ik - ilo - io - is - it - iu - ja - jbo - jv - ka - kaa - kab - kg - ki - kj - kk - kl - km - kn - ko - kr - ks - ksh - ku - kv - kw - ky - la - lad - lb - lbe - lg - li - lij - lmo - ln - lo - lt - lv - map_bms - mdf - mg - mh - mi - mk - ml - mn - mo - mr - mt - mus - my - myv - mzn - na - nah - nap - nds - nds_nl - ne - new - ng - nl - nn - no - nov - nrm - nv - ny - oc - om - or - os - pa - pag - pam - pap - pdc - pi - pih - pl - pms - ps - pt - qu - quality - rm - rmy - rn - ro - roa_rup - roa_tara - ru - rw - sa - sah - sc - scn - sco - sd - se - sg - sh - si - simple - sk - sl - sm - sn - so - sr - srn - ss - st - stq - su - sv - sw - szl - ta - te - tet - tg - th - ti - tk - tl - tlh - tn - to - tpi - tr - ts - tt - tum - tw - ty - udm - ug - uk - ur - uz - ve - vec - vi - vls - vo - wa - war - wo - wuu - xal - xh - yi - yo - za - zea - zh - zh_classical - zh_min_nan - zh_yue - zu -