एस्पेरान्तो
नेपाली विकिपीडियाबाट
एस्पेरान्तो Esperanto |
||
---|---|---|
एस्पेरान्तोको झण्डा: | ||
उच्चारण: | /esperanto/ | |
Created by: | — | |
कुल प्रयोगकर्ता: | १ लाखदेखि २० लाख (अनुमानित संख्या) | |
Category (purpose): | अन्तर्राष्ट्रीय दोस्रो भाषा एस्पेरान्तो |
|
लिपी परिवार: | ल्याटिन (एस्पेरान्तो शैली) | |
आधिरारीक संस्था: | एस्पेरान्तो प्रज्ञा-प्रतिष्ठान (Akademio de Esperanto) | |
Language codes | ||
ISO 639-1: | eo | |
ISO 639-2: | epo | |
ISO 639-3: | epo | |
टीप्पणी: युनिकोडको अन्तर्राष्ट्रीय ध्वन्यात्मक लिपिको ध्वन्यात्मक चिह्न यस पृष्टमा होला । |
एस्पेरान्तो (अंग्रेजी: Esperanto) सबैभन्दा व्यापक रूपमा प्रयोगमा आएको अप्राकृतिक भाषा हो जुन साजिलैसङ्ग सिक्न सकिने तरिकाले बनाइएको छ । यो भाषा पोल्यान्डमा बस्ने डक्टर, लेइजेर लुद्भिक जामेनहोफले बनाएका हुन् । संसारको विभिन्न भागमा बस्ने मान्छे एक अर्कोसङ्ग सजिलै कुरा गरुन्, सबैले सिक्न सक्ने भाषा होस् भनेर उनले एस्पेरान्तो बनाएका हुन् ।
सन् १८८७मा जामेनहोफ भाषाको पहिलो किताब लेख्दा, आफैलाई "दोक्तोरो एस्पेरान्तो" भन्ने नाम दिए । त्यस नामको मतलब "आशा गर्ने डक्टर" हो । त्यो नाम पछि भाषाको नाम पनि भयो । किताबको नाम अन्तर्राष्ट्रिय भाषा :− परिचय तथा पूर्ण पाठ्यपुस्तक (Lingvo internacia: antaǔparolo kaj plena lernolibro) थियो ।
[परिवर्तन्] एस्पेरान्तोको प्रयोग
हालसम्म कुनै देशले पनि एस्पेरान्तोलाई आफ्नो आधिकारिक भाषा नबनाए पनि यो भाषाका प्रयोगकर्ताहरू एक लाख देखि २० लाख सम्म भएको अनुमान छ र करिब एक हजार व्यक्तिहरूले यसलाई आफ्नो मातृभाषाको रूपमा प्रयोग गर्दै आएका छन् । हाल यो भाषालाई अन्तर्राष्ट्रिय सञ्चार तथा भ्रमणको लागि ज्यादा प्रोयग गरेको पाइन्छ ।
एस्पेरान्तो भाषामा किताब तथा पत्रिका प्रकाशित हुने गर्दछन् । यस भाषाको विकाषको लागि विभिन्न सम्मेलनहरू पनि हुने गर्दछन् । तीमध्ये सबभन्दा ठूलो बैठक हरेक वर्ष फरक फरक देशमा हुने "विश्व एस्पेरान्तो कङ्ग्रेस" (Universala Kongreso de Esperanto) हो जसमा ६० देशबाट आएको २,००० जना सहभागी हुन्छन् ।
एस्पेरान्तो विकिपीडिया पनि छ ।
[परिवर्तन्] भाषागत विशेषता
एस्पेरान्तोमा शब्द धेरै भाषाबाट आउँछन् । तीमध्ये प्रयाजसो ल्याटिन भाषा र अरू दक्षिण युरोपेली भाषाबाट आउँछन् । त्यसैले कुनै युरोपेली भाषा जानेको व्यक्तिलाई यो भाषा सिक्न निकै सजिलो पर्दछ ।
एस्पेरान्तोको वर्णमालामा २८ वटा अक्षर हुन्छ । कुनै अक्षर टोपी लगाउँछन् । एस्पेरान्तो भाषामा Q, W, X, Y अक्षर हुँदैन् । हरेक अक्षरको स्थिर उच्चारण हुन्छ । त्यसकरणले, एस्पेरान्तोमा अन्य युरोपेली भाषाहरूमा जस्तो हिज्जे सिक्नु पर्दैन । यो भाषा जसरी बोलिन्छ, त्यसरी नै लेखिन्छ ।
अक्षर | उच्चरण | टिप्पणी |
---|---|---|
A | आ | |
B | ब | |
C | त्स | |
Ĉ | च | टोपी लगाएको C |
D | द | |
E | ए | |
F | फ़ | उच्चारण नेपाली शैलीले (दुइटा ओठले) होईन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले) । |
G | ग | |
Ĝ | ज | टोपी लगाएको G । |
H | ह | |
Ĥ | ख़ | टोपी लगाएको H । उच्चरण नेपाली ख त होइन; उर्दू ख़ुदाको ख हो । |
I | ई | |
J | य | |
Ĵ | झ | टोपी लगाएको J । उच्चारण अङ्ग्रेजी pleasure को s वा रुसी Ж जस्तो । |
K | क | |
L | ल | |
M | म | |
N | न (वा ञ वा ङ) | न्क वा न्ग को सत्तमा, ङ्क र ङ्ग भन्न हुन्छ । न्च वा न्ज को सत्तामा ञ्च र ञ्जभन्न हुन्छ । |
O | ओ | |
P | प | |
R | र | |
S | स | |
Ŝ | श | टोपी लगाएको S । दन्त्य स त होइन; तालव्य श (अङ्ग्रेजी sh) हो । |
T | त | |
U | ऊ | |
Ǔ | व | उल्टो थोपी लगाएको U |
V | भ | उच्चारण नेपाली शैलीले (दुइटा ओठले) होइन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले) । |
Z | ज़ | अङ्ग्रेजी z हो । |
उदाहरणको लागी, Mi lernas Esperanton को उच्चारण मी लेर्नास एस्पेरान्तोन हुन्छ । त्यसको अर्थ म एस्पेरान्तो सिक्छु भनेर हो ।
Esperanto estas pli facila ol la angla को उच्चारण एस्पेरान्तो एस्तास प्ली फ़ात्सीला ओल ला आङ्ग्ला हुन्छ । त्यसको अर्थ अङ्ग्रेजीभन्दा एस्पेरान्तो सजिलो हुन्छ भनेर हो ।